कस्तो होला ‘हाउडे’हरुको कथा ?

पोखरा, १ असार/नेपाली फिल्म ‘हाउडे’ले आफ्नो प्रचार अभियान शुरुवात गरेको छ । सामाजिक संजाल यूट्युबमार्फत प्रोमो सार्वजनिक गर्दै फिल्मले प्रचारलाई तिव्रता दिएको हो । सार्वजनिक प्रचार सामाग्रीमा ‘हाउडे’को जीवनशैलीलाई चित्रित गरिएको छ ।

सार्वजनिक प्रचार सामाग्रीमा केहि डाईलगहरु दर्शकको लागि मसलाको रुपमा प्रयोग गरिएको छ । ‘दुनियाँले पैसै पैसा कमाउँछन्, अनि म चाँहि पापा हेरेर बस्नु ?’, ‘जेनीको माल चाँहि बबाल छ’ र ‘जेनीको माल चाखेर त हेर्’ जस्ता डाईलगले फिल्मप्रति दर्शकको रुची जगाईदिन सक्छ । संगीत फिल्मस्को ब्यानरमा बनेको यो फिल्म केहि समयमै प्रदर्शन हुने निर्माण यूनिटले जनाएको छ ।

nepali film haudeyसार्वजनिक प्रचार सामाग्रीमा फिल्मका मुख्य कलाकार विश्वास श्रेष्ठ, संगीत बस्याल, एनी कुँवर, मनिष केसी, रोजी बस्नेत र कपिल शर्मा हाईलाईट छन् । खासगरि ‘अहिलेको युवा पुस्ता कसरी हाउडे भएका छन् र यो पुस्ता हाउडे हुँदा समाजमा कस्तो असर परेको छ ?’ भन्ने विषयलाई फिल्मले उत्थान गरेको छ ।

फिल्मको निर्देशक संगीत बस्याल हुन् । निर्देशकको रुपमा डेब्यू फिल्म ‘हाउडे’को प्रदर्शनलाई लिएर उनी निकै आशाबादी देखिएका छन् । ‘यो एउटा मनोरञ्नात्मक तथा सामाजिक फिल्म हो । फिल्ममा अधिकांश नयाँ अनुहार भएपनि दर्शकले यसमा मज्जा लिनेछन् ।’ निर्देशक बस्यालले भने । उनले दशैँको छेको पारेर फिल्म रिलिज गर्ने तयारी भैरहेको जानकारी दिए ।

‘हाउडे’लाई विष्णुप्रसाद श्रेष्ठ र साबित्रि श्रेष्ठले निर्माण गरेका हुन् । रामेश्वर हुमागाँईले खिचेको यो फिल्मलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन् । फिल्ममा भुपेन बिसीको द्वन्द निर्देशन रहेको छ । विजय लामा फिल्मका कोरियोग्राफर हुन् ।

कमेन्टहरु
Loading...