Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

‘ह्याप्पी न्यू इयर’को साँगीतिक कार्यक्रममा ६ जना बडिगार्ड सहित पुगे अभिनेता कुशल

0 199

पोखरा, ८ पुस /६ जना बडिगार्ड सहित अभिनेता कुशल थापा स्टेजमा उक्लिँदा दर्शक दिर्घाबाट चर्को हुटिङ आयो । पोखरा सभागृहस्थित ‘मिडटाउन ग्यालरिया’को प्राङ्गणमा आयोजित नेपालीफिल्म‘ह्याप्पी न्यू इयर’को प्रचारको क्रममा भएको साँगीतिक कार्यक्रममा उनी बडिगार्डसहितदेखिएकाहुन् ।

अनमोल केसी र प्रदिप खड्कापनि यसअगाडि यसैगरि बडिगार्डसहितफिल्मको कार्यक्रमतथाहल परिसरमा देखिएकाथिए । पछिल्लो पटक अभिनेताकुशलथापाले पनि सोहि शैलीअपनाउँदै आफुलाई पोखरामा यसरी प्रस्तुत गरे । स्टेज उक्लिसकेपछि कार्यक्रमको होस्ट गरिरहेका संचारकर्मी श्यामहरि शिवभक्तिले सोधे–‘अनमोल र प्रदिपको सिको गरेको हो हजुरले ?’ अभिनेताकुशलले भने आफुले उनीहरुको सिको गरेको भन्दापनिपोखरा आफ्नो जन्मथलो भएको र आफ्ना साथीभाईले आफुलाई माया गरेर सुरक्षाप्रदान गरेको प्रतिक्रियादिए ।

अभिनेताथापाले ‘ह्याप्पी न्यू इयर’को बारेमाबताउँदै पोखरेलीलाई फिल्मलाई मायागरिदिनआग्रह समेत गरे । ‘मैले यो फिल्ममानिकै मेहेनत गरेको छु । र, फिल्मनिकै राम्रो बनेको छ । त्यसैले आफ्नै ठाऊँको एउटा कलाकारले गरेको कामलाई साथदिनुहुन सम्पूर्ण पोखरेलीलाई म विशेष अनुरोध गर्दछु ।’ रतीथापाले निर्माण गरेको फिल्म ‘ह्याप्पी न्यू इयर’माकुशलमूख्यअभिनेताहुन् ।

पुस १४ गतेदेखि देशव्यापीप्रदर्शन हुने फिल्म ‘ह्याप्पी न्यू इयर’ले नेपालका मुख्य शहरहरुमा प्रचारमा नयाँ तरिका अपनाउँदै ‘म्यूजिकल कन्सर्ट’ गरिरहेको छ । हेटौडाबाट शुरु भएको ‘म्यूजिकल टुर’ अन्तरगत नारायणघाट र बुटवलपछि फिल्मको यूनिटसहितको साँगीतिक टोलीपोखरा आईपुगेको हो ।

शुक्रबार साँझपोखरामाभएको फिल्मको कार्यक्रममाफिल्मका संगीतकारसमेत रहेकाबिनोद ढकालले गायन प्रस्तुती दिएका थिए । त्यस्तै कोरियोग्राफर रोहन नेपालीको नृत्य प्रस्तुतीपनिविशेष रह्यो । मोडल सोनिका रोकायापनिकार्यक्रममाविशेष आकर्षणमा रहिन् । चिसो जाडो भएपनिनिकै छोटो पहिरनमा स्टेजमा देखिएकी सोनिकाले युवाहरुको ‘हुटिङ’ निकै चर्को पाईन् । त्यसैगरि सुशिल खड्काको ‘ट्यूबलाइट डान्स’ पनिदर्शकको आकर्षणमा प¥यो ।

पोखरापछि फिल्मको प्रचारटोली काठमाण्डौ फर्कनेछ । काठमाण्डौमाफिल्मको प्रचारस्वरुपअन्तिम साँगीतिककार्यक्रमगरिने फिल्मकाअभिनेताकुशलथापाले जानकारी दिए । आरकेएमप्रोडक्शन प्रालिको प्रस्तुतीमाबनेको फिल्म ‘ह्याप्पी न्यू इयर’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेकाहुन् । कुशलथापा, सन्ध्या केसी, पुकार गौतम लगाएतकाकलाकारहरुको मूख्यभुमिका रहेको फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामाभएको हो । फिल्मको कथा समेत आफैले लेखेकाअभिनेताथापाले यो फिल्मबाट आफू निकै आशाबादी रहेको सुनाए ।

फिल्मको गीत र ट्रेलरलाई यतिबेला सामाजिक संजालहरुमानिकै राम्रो प्रतिक्रियामिलेको छ । फिल्ममाविनोद ढकाल र टंक बुढाथोकीले संगीतदिएका छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मलाई अष्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेले खिचेकाहुन् ।

Advertisements
You might also like

Leave a Reply (कमेन्ट गर्नुहोस्)