पोखराको पर्यटन क्षेत्रको प्रर्वद्धनमा ‘१०० कडा १०’ ले सहयोग पु¥याउनेः कलाकार गजुरेल

पोखरा, ५ माघ /हाँस्यविधामार्फत रंगकर्मबाट कलाकारितामा प्रवेश गरेका मनोज गजुरेलले चलचित्र ‘१०० कडा १०’ ले पोखराको पर्यटन क्षेत्रको प्रर्वद्धनको प्रचारप्रसारमा थप टेवा पु¥याउने बताएका छन् । ‘कुनै पनि क्षेत्रमा कला मार्फत गरिएको प्रचारले बढि प्रभावकारिता पाउछ’, उनले भने, ‘१०० कडा १० मा पनि पोखराको मनोरम दृश्यको राम्रो प्रचार भएको छ ।’ चलचित्रमा युवाको कथा, प्रेमको कथालाई समेटिएको उनले बताए ।

देशको विकराल समस्याको रुपमा रहेको भष्टचारको विरोधमा उठाइएको आवाज १०० कडा १० भएको गजुरेलले बताए । ‘चलचित्रमा म एक मोटिवेस्नल स्पिकरको रुपमा रहेको छ’ु, उनले भने, ‘हाँस्यव्यङग्य अभियान्ताको रुपमा भष्टाचारको विरोधमा उत्रिएको एक क्यारेक्टरको अभिनय छ ।’

१०० कडा १० चलचित्र युनिटले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा बोल्दे कलाकार मनोज गजुरेलले चलचित्रमा आफ्नो अभिनय गर्ने सोंच पहिले नभएको बताए । अफर हरु धेरै आउथे । तर म आफै न पछाडी हटथे । १०० कडा १० को कथा राम्रो लाग्यो । सामाजिक सन्देश त्यसमा पनि राजनितिक थिचोमिचो अनि भष्टाचारका कुराले आफ्नो मन तानेको उनले बताए ।

डेब्यु फिल्मको अभिनयको अनुभव सुनाउदै मनोजले स्टेजमा छाडा साढें जस्तो दायाँबायाँ गर्दै प्रस्तुति गर्ने आफुलाई प्रविधिसँग जोडिन सुरुमा गाह्रो भएको बताए । ‘राजाराम पौडेल दाइ जब सुटिङ सेटमा मेरो अगाडी आएर उभिनुहुन्थ्यो मलाई आश जाग्थ्यो र डर भाग्थ्यो’, उनले भने । हाँस्य व्यङग्यको सामाजिक, आर्थिक, राजनितिक उचाई बढदो रहेको मनोजले बताए । हाँस्य व्यङग्यको बजार पनि राम्रो रहेको उनको भनाई थियो । तर हाँस्य व्यङग्यका नाम अराजक, गैरजिम्मेवारी, अश्लिलता बढ्ने डर रहेकोमा उनि चिन्तित देखिन्थे । उनका अनुसार हाँस्यव्यङग्य प्रस्तुतिमा कलाकार स्वयम सम्पादित हुनुपर्छ ।

माघ १८ गते शुक्रबारबाट प्रर्दशन हुने ‘१०० कडा १०’ मा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई निर्देशन पे्रम गीत २ का निर्देशक रामशरण पाठकले गरेका हुन् । चलचित्रको कथा रज्जु प्रधानले लेखेकी हुन् । यसअघि श्रिमान, महशुस ,ठेगाना निर्माण गरिसकेकी प्रधानकै लगानी छ ‘१०० कडा १०’ मा ।

लगानीमा प्रधानलाई उत्तम खत्री, डिआर उपाध्याय र सन्जिव न्यौपानेले साथ दिएका छन् । चलचित्रका सह—निर्माता मनोज निरौलाको समेत पोखरा कार्यक्रममा सहभागिता थियो । चलचित्रको पब्लिसिटी एवम साहायक निर्देशक सुदिप पौडल हुन् । चलचित्रमा संगीत कल्याण सिङ र जुगल डङ्गोलको रहेको छ । शुक्रबार भएको कार्यक्रममा चलचित्र युनिटले सुटिङ समयमा सहयोग गरेका पोखराका आमा समूह र पत्रकारलाई सम्मान समेत गरेको थियो ।

कमेन्टहरु
Loading...