नेपाल लोकस्टार असार १२ गते देखी एपीवान टेलिभिजनमा प्रशारण हुने

काठमाडौं, ४ असार /लोक गायन रियालिटी सो ‘नेपाल लोकस्टार’को असार १२ गतेबाट एपीवान टेलिभिजनमा प्रसारण हुन लागेको छ ।

सात प्रदेशमा भएको अडिसनबाट छनोट भएका ३ सय ६३ जना प्रतिस्पर्धी मेगा अडिसनका लागि छनोट भएका छन् । मेगा अडिसनबाट ९० जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीबाट पहिलो लोकस्टारको उपाधिका लागि भिडन्त हुन लागेको हो ।

लोकसंगीतको विकास र प्रवद्र्धनमा लागेको चाहना मिडियाले कार्यक्रमको आयोजना हुने विभिन्न भागमा सुनिने गाईने लोकसंगीतलाई लोकस्टारमा समावेश गरिने कार्यक्रम संयोजक सहदेव कोइरालाले बताए ।

३० वटा शृंखला प्रसारण हुने कार्यक्रममा एकतीसौँ शृंखलाबाट लोकस्टार पाउने छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको निर्णायकमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनीता दुलाल रहेका छन् ।

कमेन्टहरु
Loading...