नेपाल अन्र्तराष्ट्रिय फिल्म फेस्टिवलको तयारी पुरा

पोखरा, १८ माघ/पोखरा माघ १९ देखि २२ गते सम्महुने अन्र्तराष्ट्रिय फिल्म फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । चलचित्रतथा सांस्कृतिक प्रतिष्ठान नेपालले पोखरामागर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा १३ फिचर फिल्म, ४० सर्ट फिल्म र १० फिल्म सम्बन्धि बहस हुने स्थानिय ब्यवस्थापन समिति संयोजक कवि तीर्थ श्रेष्ठले जानकारी दिए ।

उनले यो फेस्टिभलले पोखरालाई अन्तर्राष्ट्रिय रुपमा जोड्ने काम गर्नेमा विश्वास व्यक्त गरे । माघ १९ गतेदेखि २२ गतेसम्म४ दिन पोखरा उद्योग वाणिज्य संघको हलमाचल्ने फेस्टिभलमा चीन, भारत, जापान, कतार, श्रीलंका, नेपाल लगायतका ३० भन्दा धेरै देशका ५३ चलचित्र देखाइने भएको छ ।

फेस्टिभलमा चलचित्रका विभिन्न आयामहरु माथि १० वटा विषयमा छलफल गरिने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।भारत, चीन र नेपाली चलचित्रको न्यारेटिभको छलफलले बृहत्, स्थानीय र प्रभावको बारेमा छलफल गर्ने निर्देशक मनोज पण्डितले बताए ।

प्रतिष्ठानका अध्यक्ष पाठकले चाहेर पनि हेर्न नपाउने कतिपय चलचित्र पोखरेलीले हेर्न पाउने अवसर आएको बताए । पोखरालाई सुटिङ स्पटबनाउनको लागि फेस्टिभलले सहयोग पु¥याउने आयोजकको दावी रहेको छ ।

कमेन्टहरु
Loading...