नेपाल आइडलको पोखरा अडिसन वैशाख १४ गते जनप्रिय माविमा

पोखरा, १२ वैशाख /अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले सञ्चालन गरेको नेपाल आइडलको सिजन टु को पोखरा अडिसन वैशाख १४ गते हुने भएको छ । पोखराको सिमलचौरमा रहेको जनप्रिय मावि परिसरमा पहिलो चरणको छनोट गर्ने आयोजकले जनाएको छ ।

पोखरा अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ९ बजेदेखि बेलुकी सम्म उपस्थित हुनुपर्ने छ । प्रतियोगितामा भाग लिन चाहनेले अन्नपुर्ण पोष्टमा छापिएको फर्म भरेर ल्याउनु पर्ने छ वा त्यही पाइने फर्म भर्नु पर्ने टेलिभिजनले जनाएको छ । ‘तनहँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट अडिसन दिन आउने टेलिभिजनले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार पाउने छ । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले अघिल्लो वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउँछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्छन् ।पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखराका हुन् ।

कमेन्टहरु
Loading...