नेपाल आइडल बुद्ध लामा सहित असोज अन्तिमसाता पोखरामा गुञ्जिदै

पोखरा, २२ असोज /पोखरामा असोज अन्तिम साता नेपाल आइडलको लाइभ कन्सर्ट पोखरामा हुने भएको छ । असोज २८ गते शनिबार पोखरा प्रर्दशनी केन्द्रमा कन्सर्ट हुन लागेको हो ।

पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टरार्इ र सेकेण्ड रनरअप प्रताप दास, सागर आले र सन्ध्या जोशीले प्रस्तुती हुने भएको छ ।

पोखराबाटै नेपाल आइडल बनेका बुद्ध लामा सहितको टोलीको कन्सर्ट सुन पोख्रेली युवाहरु आतुर रहेका छन् ।

 

कमेन्टहरु
Loading...