नाटक एक रुपैयाँको पहिलो शो मा दर्शकको उल्लेख्य सहभागीता

पोखरा १७ मंसिर । पोखरामा शुक्रबार नाटक एक रुपैयाँको पहिलो शो मञ्चन गरीएको छ । करिब डेढ घण्टा लामो नाटकको पहिलो सो मा नै दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । नाटकको बिच बिचमा दर्शकले ताली बजाएका थिए भने बाहिर निस्कदा दर्शकका आँखा रसाएको देखिन्थ्यो । नाटकका संयोजक तथा पञ्चामृत नाट्य समुहका अध्यक्ष परिबर्तनले नाटकको पहिलो शो सफल भएको दाबी गरेका छन् । नाटकका लेखक तथा निर्देशक कृष्ण उदासीले नाटकको पहिलो शो बाट नै दर्शकबाट उत्साह जनक प्रतिक्रिया पाएको बताए ।

नाटक एक रुपैयाँको पहिलो शो मा दर्शकको उल्लेख्य सहभागीता
नाटक एक रुपैयाँको पहिलो शो मा दर्शकको उल्लेख्य सहभागीता

नाटकको बिद्यार्थी सो शनिबार बिहान ११ बजे र दोस्रो सामान्य सो शनिबारै अपरान्ह ३ः३० बजे पोखरा उधोग बाणिज्य संघको सभाहलमा मञ्चन गरीने प्रबन्धक उज्बल रेग्मीले जानकारी दिए । पोखरामा क्रियाशिल नाट्य संस्था पंचामृत नाट्य समुहको प्रस्तुति नाटक एक रुपैयांमा पैसाको महत्वलाई प्रस्तृत गर्न खोजीएको छ । नाटकका नयाँ र अधिकांश पुराना कलाकार प्रस्तुत भएका थिए । नाटकमा बिधार्थी सो का लागी टिकट दर रु १०० र अन्य सामान्य सो का लागी रु २००, ५०० र १००० कायम गरीएको छ ।

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटक एक रुपैयाँमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहेको छ ।नाटकको सह–निर्देशन विष्णु प्रसाद गौतमले गरेका छन् भने प्रबन्धकमा उज्वल रेग्मी रहेका छन् । नाटकमा हेमन्त हितेषीले मञ्च व्यवस्थापन गरेका छन् भने भेषभुषा र श्रृंगारमा दिपकमान उदास र कोरीयोग्राफिमा निलम तामाङ रहेका छन् । नाटकको संगित संयोजन दिल गुरुङ्ग र सुजित मान सिंहले गरेका छन् । नाटकको उद्घघोषकको बिष्णु बसौलाले गरेका थिए ।

यस अघि पञ्चामृत नाट्य समुहले गत बैशाखमा नाटक पुलिस र प्यास मञ्चन गरेको थियो भने भदौमा नाटक मौसम हराएको देश सफलता पुर्बक मञ्चन गरीसकेको छ । समुहले छिटै नै पोखरामा अर्को नाटक पनि मञ्चन गर्ने तयारी गरेको छ । पञ्चामृत नाट्य समुहले पोखरामा नाटकघर निर्माण गर्ने लक्ष्य पनि राखेको छ ।

कमेन्टहरु
Loading...