अब नाच्ने हो, छेऊ छेऊमा छाउदै टिकटकमा (भिडियो सहित)

पोखरा, ४ असार / अघिल्लो वर्ष तीजमा निकै चलेको गीत थियो हामी पनि नाच्ने हो बिच बिचमा । त्यो गीत दुर्गेस थापाको थियो । अहिलेको वर्ष पनि एउटा गीत आएको छ अब नाच्ने हो, छेऊ छेऊमा ।

अब नाच्ने हो छेऊ छेऊमा गीत नेपाली म्युजिक भिडियोको सम्पादक तथा निर्देशक गर्दै आएका प्रविन भट्टले ल्याएका हुन् ।

यस वर्षको तीजलाई लक्ष्त गर्दै “नाच्ने हो छेउ छेउमा“ युटुबमा सार्वजनिक गरेका छन् । उनकै शब्द–संकलन तथा स्वर रहेको गीतबाट भट्टले, सामाजिक दुरी कायम गरी आ आफ्नो ठाउँमा नै सुरक्षित रहेर तीज मनाउन सन्देश दिएका छन ।

गीतको संगीत संयोजन कृष्ण बिकले गरेका छन् भने संगीत मुद्रण साजन शाहको रहेको छ । कोरोना, लकडाउनको कारण सबै क्षेत्र प्रभावित रहेका केही कुरा गीतमा समेटिएको छ ।

बिपी फिल्मस् नेपालको निर्माणमा तयार भिडियोमा प्रविन भट्ट, सुशिला थापा, निक शर्मा र दिपसन परियारलाई भिडियो देख्न सकिन्छ । भिडियोको छायांकन तथा निर्देशन अनिल कृष्ण मानन्धरले गरेका छन् भने सम्पादन तथा रंग संयोजन दिनसन शाहले गरेका हुन् ।

पुराना भाकाहरु र नयाँ बाजाहरुको संयोजन गरेर तयार गीत युवापुवास्तामा लोकप्रिय भएको छ भने टिकटकमा खुबै छाएको छ ।

कमेन्टहरु
Loading...