मुक्तक मञ्चमा साहित्यिक छात्रवृत्ति कोष स्थापना

पोखरा, २७ फागुन /मुक्तक मञ्च पोखराले सञ्चालन गर्ने गरी साहित्यिक छात्रवृत्ति कोष स्थापना भएको छ । शनिबार पोखरामा सम्पन्न नियमित मुक्तक वाचनको ११८ औँ शृङ्खलामा साहित्यकार इन्द्र ढुङ्गाना ‘तिलस्मी दीप’ले आफ्ना स्वर्गीय पुत्र इमेज ढुङ्गानाको स्मृतिमा २० हजार रुपैयाँको चेक मञ्चका अध्यक्ष प्राञ्जलाई हस्तान्तरण गर्नुभयो ।

मञ्चका अध्यक्ष प्राञ्जलको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सल्लाहकार लक्ष्मण थापा, विष्णु अल्पविराम, सन्जीव पौडेल, सरला लामिछाने ‘सरु’, मुक्तककारहरु प्रदिप सुवेदी, इन्द्र ‘तिलस्मी दीप’, रोशन तल्कोटे, भरतराज पौडेल, कमल सुवेदी, कपिल शर्मा, महेश घिमिरे, देवी त्रिपाठी, डा. वसन्त गौतम, यादव रेग्मीलगायतले मुक्तक वाचन गर्नुभएको थियो ।

सचिव रामजीप्रसाद आचार्यको सञ्चालनमा भएको कार्यव्रmममा अध्यक्ष प्राञ्जलले आगामी चैत २२, २३ र २४ गते हुने मुक्तक महोत्सवलाई आफ्नो ठाउँबाट सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

कमेन्टहरु
Loading...