पोखरामा मिसेस कल्चर नेपालको ट्यालेन्ट राउण्ड

पोखरा, ४ चैत/पोखरामा महिलाहरुको प्रतिभाको उजागार गर्न मिसेस कल्चर नेपाल शुरु भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने तेस्रो वाई–वाई मिसेस कल्चर नेपालको ट्यालेन्ट राउण्ड गर्यो ।

ट्यालेन्ट राउण्डमा महिलाहरुले आफनो प्रतिभालाई स्टेजमै प्रस्तुत गरे । उनीहरुको प्रतिभालाई राष्ट्रिय सौन्दर्यकर्मी नेपालकी अध्यक्ष सुमन गुरुङ, समाजसेवी विश्वमोहन गौचन, महिला उद्यमी विष्णु गुरुङ एकता, सिजी ब्रुअरीका रिजन म्यानेजर, सुबोध रिसाल, सिजी फुड्सका म्यानेजर धनलाल न्यौपाने र दिलिप सिजापतीले नियाले ।

सौन्दर्यकर्मी गुरुङले संस्कृति संरक्षणमा हामी दिदीबहिनीहरूनै निरन्तर लाग्नु पर्नेमा जोड दिदैं यस्ता कार्यक्रमहरू निरन्तर हुनु पर्ने बताईन् । फाइनलमा प्रवेश गरेका १५ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मुख्य प्रायोजकको रूपमा वाई–वाई चाउचाउ, पिजेन्टेड बाईमा प्रभु बैंक, पावर्ड बाईमा हरपल चामल, लिक्वयर पार्टनरमा सिग्नेचर त्यस्तै सह प्रायोजकको रूपमा कुन्दन तेल र नेपाल आइस नेचुरा बियर रहेका छन् । त्यस्तै, संस्कृती संरक्षकको निम्ती सबैको साथ आवश्यक रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्ने संस्थाकी अध्यक्ष शोभा गौतमले बताईन् ।

कमेन्टहरु
Loading...