मिस्टर एण्ड मिस एसएलसी नेपालको उपाधि मन्दिप र रोजिनालाई

पोखरा, ९ जेठ/मिस्टर एण्ड मिस एसएलीको उपाधी मन्दिप श्रेष्ठ रोजिना श्रेष्ठले जितेका छन् । शनिबार ओजन लाउन्ज बारमा आयोजीत फिनालेमा १४ प्रतिस्पर्धीलाई उछिन्दै मन्दिप श्रेष्ठ र १३ प्रतिस्पर्धीलाई उछिन्दै रोजिना श्रेष्ठ बिजेता भएका हुन् ।

मिस्टर एण्ड मिस एसएलसी नेपालको उपाधि मन्दिप र रोजिनालाई
मिस्टर एण्ड मिस एसएलसी नेपालको उपाधि मन्दिप र रोजिनालाई

गोस्पेल मल्टिमिडिया प्रालीले आयोजनामा गरेको मिस्टर एण्ड मिस एसएलसी नेपाल को यो दोश्रो सिजन हो । प्रतियोगितामा फस्ट रनर अपको उपाधि सिमोन थापा मगर र जेनी पुनले जित्दा सेकेन्ड रनर अप शंकर आले मगर र लिसिम पुन साथै थर्ड रनर अपको उपाधि सौराग गुरुङ र सोनी राना जिते ।

यस्तै भिवर्स चोइस को उपाधि लक्ष्मण घर्ति र सोनिया केसीले जितेका थिए । प्रतियोगिताको को अनलाईन पार्टनर जक्सन डट कमले प्रदान गरेको सब टाइटल मिस्टर एण्ड मिस फोटोजेनिक भुवन अधिकारी , सोनिया केसी र दिक्षा पौडेलले जिते भने मिस्टर एण्ड मिस पपुलरको उपाधि हसन गुरुङ र जेनी पुनले हात पारेका थिए ।

कमेन्टहरु
Loading...