मिस्टर एण्ड मिस हस्पिटालिटी नेपालको उपाधी रेशम र प्रमिलालाई

पोखरा, १७ वैशाख /हस्पिटालिटी क्षेत्रलाई लक्षित गर्दै आयोजना भएको फरक शैलीको ब्यूटि प्याजेन्ट ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’को उपाधि रेशम कुमाल र प्रमिला गुरुङले जितेका छन् । नेपाल भरबाट छानिएर २८ जना प्रतिस्पर्धी फाइनल राउन्डमा अन्य सहभागीलाई पछि पार्दै रेशम कुमाल र प्रमिला गुरुङले मिस्टर एन्ड मिस हस्पिटालिटी नेपाल २०७३ को उपाधी हात पारे।

त्यसै गरि फस्ट रनर अपमा राम गुरुङ र प्राथना गुरुङ पर्न सफल भए भने सेकेन्ड रनर अपमा रन्जन सिंह राई र रेजिना गुरुङले उपाधी हात पारे। आयोजकका अनुसार प्रतियोगिताको बिजेता युवा र युवतीलाई नगद ७५/ ७५ हजार रुपैयां बराबरको पुरस्कार संगै तारे होटलमा जागिरको ग्यारेन्टी समेत दिइएको छ । त्यस्तै फस्ट रनरअपलाई ५०/५० हजार र सेकेन्ड रनरअपलाई २५/२५ हजार रुपैयां बराबरको पुरस्कारसंगै जागिरको ग्यारेन्टी दिइएको बताइएको छ । आयोजकले विजेताहरुसंगै उत्कृष्ट १० जना सहभागीहरुलाई समेत तारे होटलमा जागिरको ब्यबस्था गरेका जानकारी दिएको छ ।

अडिसनबाट फाइनलको लागी छानिएका सहभागीहरुका लागि २२ दिनको बन्द प्रशिक्षण राखिएको थियो। सो क्रममा विभिन्न होटलका संचालक, सेफ तथा म्यानेजर र सम्बन्धित श्रेत्रका बिज्ञहरु संग उनीहरुलाई अन्तरक्रिया गराईएको थियो । यो बीचमा सहभागीहरुले हस्पिटालिटी क्षेत्रको बारेमा धेरै ज्ञान लिन सक्ने अबसर पाएको कार्यक्रम संयोजक सैलेश शाहीले बताए ।

एपी इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’ प्रतियोगिता अन्य ‘ब्यूटि प्याजेन्ट’को तुलनामा फरक शैलीको भएको आयोजक संस्थाका निर्देशक अर्जुन पाण्डेले दाबी गरेका छन् । प्रतियोगितालाई कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगिताको निर्णायकमा सिनियर पाइलट तथा एक्टर बिजय लामा, कर्ण दास, राम सेफ, पम्फा गुरुङ रहेका थिए ।

कमेन्टहरु
Loading...