मेक्सीकोकी भनिसालाई मिस वर्ल्ड २०१८ को उपाधी (Miss World 2018)

एजेन्सी, २३ मंसिर / मेक्सिकोले मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले मिस वल्र्ड २०१८ को उपाधि जितेकी हुन्।

चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डको ताज पहिरन सफल भइन् । उनी पेसाले मोडल हुन्।

मिस वर्ल्ड २०१७  मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्। मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेकी नेपालकी श्रृखला खतिवडाको यात्रामा टप १२ बाट टुङ्गियो।

कमेन्टहरु
Loading...