मिस टुरिजम–२०१७ को उपाधी आरती थापालाई

काठमाडौं / मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । शुक्रबार भएको फाईनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोधेको अबको दश वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम–२०१७ को उपाधी जितेकी हुन् ।

थापाले मिस पब्लिक च्वाईसको उपाधि पनि पाईन् । थापालाई मिस टुरिजम–२०१६ ओरुसा थापाले ताज लगाइदिईन भने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिंखडा र प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नगद पचास हजारसहितका पुरस्कार हस्तान्तरण गरे ।

त्यसैगरी मिस पर्सनालिटी र मिस स्माईलसहित मिस टुरिजम फस्ट रनर अपको उपाधी काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन् । त्यस्तै मिस फिगर र मिस फोटोजेनिकसहित सेकेण्ड रनर अपरको उपाधी एन्जि लामाले जितिन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः नगद तीस र बिस हजार प्राप्त गरे । त्यस्तै मिस वाक पल्लवी सुवाल, मिस डिसिप्लिन रोमा खड्का, मिस ईन्टेलिजेन्ट सुजाता लामा, मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेण्डसिपको उपाधी युना राईले जितिन् ।

कार्यक्रममा मिस टुरिजम–२०१७ को आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गरिएको बताए ।

फाईनलमा निर्णायकको भूमिकामा नाट्टाका अध्यक्ष मधुसुदन आचार्य, भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व महासचिव सागर पाण्डे, नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडा, पूर्वमिस नेपाल सुगरिका केसी, नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र पर्यटनविद् लेखनाथ भण्डारी रहेका थिए ।

कमेन्टहरु
Loading...