मिस टिन गण्डकीको अडिसन जेठ दोस्रो साता

पोखरा, २० वैशाख /‘सुन्दर नारीको सुन्दरलाई निखार ल्याउन धेरै कन्टेष्ट हुदैं आएका छन् । ती कन्टेष्टले युवतीको बाहिरी सुन्दरता मात्रै नभई आन्तरिक सुन्दरतालाई झल्काउँछ । सुन्दरता झल्काउन गरिने कार्यक्रमले युवतीलाई आवश्यक प्लेट फर्म समेत उपलब्ध गराउँदै आएको छ ।
पोखरामा जेठको दोस्रो सातादेखि मिस टिन गण्डकीको दोस्रो सस्करण शुरु हुदैं छ । त्यसको लागि युवतीहरुले आफनो बाहिरी सुन्दरतासँगै आन्तरिक प्रतिभालाई पनि जाँज्ने अवसर पाउने छन् । ब्रेभ इन्टरटेनमेन्टले सुन्दरी प्रतियोगिताको दोस्रो सस्करणको तयारीमा जुटिरहेको छ । ‘जेठको १५ गते अडिसन शुरु गर्ने छौं’ब्रेभ इन्टरटेनमेन्टका निर्देशक विजय क्षत्रीले भने—‘डेढ महिनाको प्रशिक्षणपछि ग्राण्ड फिनालीमा उतार्ने छौं ।’

अडिसन विशेष गरी गण्डकी अञ्चलका तीन जिल्लामा लिईने छ । तनहुँको दमौली, स्याङजाको पुतलीबजार र कास्कीको पोखरामा गरिने उनले बताए । तीन जिल्लाबाट गरिएको अडिसनसँगै युवतीलाई विभिन्न प्रशिक्षण समेत दिईने छ । ¥याम्पमा क्याट वाक, क्षमता अभिबृद्धि, सौन्दर्य कक्षा, डिजाईन सम्बन्धी क्लास, रिपोर्ट राईटिङ, स्थलगत अध्ययन लगायतको विषयमा प्रशिक्षण गराइने छ ।

मिस टिन गण्डकीको लागि पोखरा क्रियटिभ अवार्ड हाउस, एडमार्क टुर्स एण्ड ट्राभल्स, द नेक्स्ट एजुकेशन, सबलाईम उच्चमावि, दालचिनी क्याफे, बी एण्ड बी हार्डवेयर लगायतले सहयोगी भूमिका खेलेका छन् । ग्राण्ड फिनाली पोखरा सभागृह हलमा गरिने छ । असारको अन्तिम साता हुने छ ।

 

कमेन्टहरु
Loading...