मिसटिन गण्डकीका लागि १२ जना युवती प्रतिस्पर्धामा

पोखरा, २८ असार /साउन १५ नजिकिदैं छ । १२ जना युवतीको कार्यव्यस्तता बढेको छ । विभिन्न तालिम लिदैं आफुलाई निखार बनाउन उद्दत छन् । तन र मन फुर्तिलो हुनुपर्छ । त्यही भएर होला अहिले १२ जनै जुम्बामा दुई घण्टा विताउँछन् । स्वास्थ्य शरीर, सन्तुलित आहार र चंगा मनले मात्रै नयाँ कुरा सृजना गर्न सकिन्छ भन्ने मान्यता छ । त्यसैले युवतीहरु दुई दिन जुम्बामा विताएका छन् ।

ब्रेभ इन्टरटेनमेण्ट प्रा. लि.ले दोस्रो मिसटिन गण्डकीको ग्राण्ड फिनालीको तयारीमा छ । साउन १५ गते पोखराको सभागृह हलमा ताज पहि¥याउँदै दोस्रो संस्करणलाई टुग्याउन तल्लिन छ । युवतीलाई प्रशिक्षण दिदैं स्टेजमा खरो उतार्न प्रा लिको प्रवन्ध निर्देशक विजय क्षत्रीको दौडधुप निकै छ ।

मिसटिन गण्डकीका लागि १२ जना युवती प्रतिस्पर्धामा
मिसटिन गण्डकीका लागि १२ जना युवती प्रतिस्पर्धामा

पोखरा, चितवन र स्याङजा युवतीहरु प्रशिक्षणमा छन् । रानीपौवाका बोन्जर जिममा जिम गर्ने तौरतरिकाको प्रशिक्षण लिएर जुम्बामा उत्रिए । त्यसभन्दा अघि व्यक्तित्व विकासको प्रशिक्षण लिए । आन्तरिक प्रतिभासँगै आफनो प्रस्तुती स्टेजमा दिने विषयमा युवतीहरु गम्भीर छन् । आफनो परिचय स्टेजमा कसरी दिने भन्ने अभियानमा उनीहरु जुटिरहदाँ त्यसको लागि पनि प्रालिले उदघोषण कलाको तालिम समेत दिने लक्ष्य राखेको छ ।

क्षमता अभिबृद्धि , व्यक्तिगत प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा समेत विभिन्न व्यक्तित्वले प्रशिक्षण दिएको प्रालिका प्रवन्ध निर्देशक क्षत्रीले जनाए । उनै क्षत्रीले स्टेजमा क्याट वाक गर्नको लागि कोरियोग्राफी गरिरहेका छन् । पोखराको न्युरोडस्थित सेप अप जुम्बामा एक घण्टा प्रशिक्षण लिईरहेकाछन् । रितु गुरुङ र समिर गुरुङले उनीहरुलाई जुम्बाको बारेमा अवगत गराईरहेका छन् । जुम्बा केवल नृत्य मात्रै नभएर फिजिकल फिटनेसको लागि अत्यावश्यक रहेको समेत प्रशिक्षकद्वयले प्रशिक्षणको क्रममा सिकाएका थिए ।

विभिन्न जिल्लाबाट अडिसन गर्दै अन्तिम छनोट भएका युवतीहरु ग्राण्ड फिनालीको तयारीमा छन् । छनोट हुदैं फोटो सुटबाट शुरु भएको मिस टिन गण्डकीको दोस्रो संस्करण ताजसँगै टुंगिने छ । पहिलो संस्करणका मिस टिन गण्डकी हुन सफल युवतीले पनि व्यक्तित्व विकास लागि प्रशिक्षण दिईरहेको समेत क्षत्रीले बताए ।

कमेन्टहरु
Loading...