को बन्ला मिस तामाङ्ग पोखरा, तयारी अन्तिम चरणमा

पोखरा, २ माघ/सोनामल्होसारको अवसरमा माघ ६ गते पोखरामाहुने मिस तामाङ्गपोखराको तयारी तिव्र पारिएको छ । बैदामतामाङ्ग समाजले हरेक बर्ष ल्होसारको अवसरमाल्होसार म्युजिकल फेस्टिभल तथामिस तामाङ्गगर्दै आएको छ । यस पटक २८५४ औं सोनामल्होसार माघ ४ गते परेको छ । कार्यक्रम ६ गते पोखरा सभागृहमा हुनेछ ।

प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका१५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन । सहभागिहरुमा सुस्मिता लामा गोले स्वयम्भु काठमाण्डौ, सोनाम बम्जन सिम्पानीपोखरा, अनितालामा लेकसाइड, इशिका तामाङ्ग लेकसाइड, सुस्मिता तामाङ्ग फुलबारी, लक्ष्मी तामाङ्ग याम्दी, शसी तामाङ्ग रत्नचोक, ओमिसा लामा नयाबजार, पनिता तामाङ्ग, सोनी तामाङ्ग लालिगुरास टोल, कविता लामा योन्जन रामेछाप, मोनिका तामाङ्ग बालाजु काठमाण्डौ, विष्णु मोक्तान, सेलिना मोक्तान, निलम तामाङ्ग मालेपाटन रहेको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए ।

सहभागीहरुलाई दिनेश डिसी, जिपी तिमिल्सिना, रविनगुरुङ्ग, दिपकवाइवा, धन प्रसाद तामाङ, राजकुमार लामा, सुदिपपोखरेल, दिपेन्द्र श्रेष्ठ, रिजन रिजाल, लक्की क्षेत्री, आचार्यनुर्बु ग्यात्सो लामा र डा. विकासनन्द योगी लगायतले बिभिन्न बिषयमा तालिमप्रदान गरेका छन् । डेढ महिने लामो तालिमको कोरियोग्राफर मलिना हिराचनहुन । कार्यक्रमको अफिसियलफोटोग्राफर सन्जयशाक्यहुनभने नृत्य प्रशिक्षकरामलामारहेका छन् ।

यसैविचमिसतामाङ पोखरा २०१८ को ट्यालेन्ट सो र प्रि जजिंग सम्पन्नभएको छ । शनिबार पोखराको बिजी बि क्याफेमाकार्यक्रको तयारी स्वरुप ट्यालेण्ट राउण्ड र प्रिजजिंगगरिएको बैदामतामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । संगीतकार तथा रचनाकार तिर्थ तामाङको प्रमुख निर्णायक रहेको निर्णायक मण्डलको टोली ट्यालेण्ट राउण्डमा रहेका थिए ।

पोखरा सभागृहमाहुने अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिने छ । कार्यक्रममा गायक अभिनाश घिसिङ्ग सोनिका लामा के.सी लगायत राष्ट्रिय ख्याती प्राप्त कलाकारका प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्य रहने छन् । कार्यक्रमको उद्देश्यपोखराको लेकसाईडमा निर्माणाधिन रिन्छिन तोर्जेत शान्तिगुम्बालाई सहयोग गर्ने रहेको छ ।

कमेन्टहरु
Loading...