मिस तामाङको ग्राण्ड फिनाले शनिबार

पोखरा, १२ माघ/मिस तामाङ्ग पोखराको ग्राण्ड फिनाले शनिबार हुने भएको छ । ग्राण्ड फिनालेमा तामाङ समुदायको १४ जना युवती उत्रदैछन । बैदाम तामाङ समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको यो चौथो संस्करण हो । । २८५५ औ सोनाम ल्होसारको अवसरमा समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा गर्दै आएको छ ।

काठमाण्डौका रिता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, विरौटाका कुसुम तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाण्डौका जेमिना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रिती तामाङले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र सहित म्युजिक भिडियोको अवसर प्राप्त गर्नेछन । फस्टरनर अपले नगद ३० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेण्ड रनरअपले नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद १५ हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए ।

कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा पहिलो नेपाल आईडल बुद्ध लामाले गीत गाउने छन् । कार्यक्रम अन्र्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा, प्रशान्त ताम्राकार कार्यक्रमको आकर्षण रहने छ । कार्यक्रमलाई एक्सर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण मा दिप्ती गोम्जा र तेस्रो संस्करणमा कविता योञ्जनले ताज पहिरिन सफल भएकी थिइन् ।

कमेन्टहरु
Loading...