मिस सी क्वीनको उपाधि खुसी र सुशान्तलाई

पोखरा, ४ असार/द लुक्स फेसन होमले आयोजना गरेको मिस सी क्वीनको उपाधि खुसी खानले जितेकी छन् भने मिस्टर सी किङको उपाधि सुशान्त शाहीले हात पारे । अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि तेस्रो संस्करणको क्लारा इन्टरनेश्नल कलेज मिस सी क्वीन तथा मिस्टर सी किङ–२०१७ को शनिबार भएको ग्राण्ड फिनालेमा १० प्रतिष्पर्धीलाई पछि पार्दै लेकसाइडकी खुसीले मिस सी क्वीनको उपाधिसहित नगद तथा थुप्रै गिफ्ट ह्याम्पर हात पारिन् ।

नेपाल–भारतमैत्री विद्यालयबाट २०७३ को एसइई दिएकी उनले शुक्रबारको नतिजामा ए प्लस जिपिए ल्याएकी छन् ।
त्यस्तै, फष्ट रनर अप टुटुंगाकी सुरुची थापामगर भइन् । डाइनामिक स्कुलबाट उनी बी प्लस जिपिएसहित एसइई उत्तीर्ण भएकी छन् । उनले मिस ट्यालेन्ट उपाधिसहित आफ्नै पोल्टामा पारिन् । सेकेण्ड रनर अप कुमुदिनी होम्सकी सुविना खड्का र थर्ड रनर अप कुमुदिनीकै आकृति श्रेष्ठ भएको आयोजक द लुक्स फेसन होमका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले जानकारी दिए । भिओर च्वाइसमा सुप्रिमा तामाङ परिन् ।

उता, मिस्टर सी किङको उपाधि जितेका सुशान्तले गण्डकी बोर्डिङ स्कुलबाट शुक्रबारको एसइई नतिजामा ए प्लस ल्याएका छन् । त्यस्तै समता स्कुलका रञ्जित दनाई फष्ट रनर अप घोषित भए । दुवै विधामा उपाधि विजेताले स्पाइरल स्कुलबाट उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति तथा अन्य सहभागीले ५० प्रतिशत छात्रवृत्ति अवसर पाएका छन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी संस्थापक अध्यक्ष तथा सञ्चारकर्मी मीना गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगिताको निर्णायक हेटौडास्थित चपुर जेसिजका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ, स्पाइरल ग्यालेक्सी स्कुलका प्रिन्सिपल नारायण पौडेल चापागाई, युवा उद्यमी मिलन थापा, एभरेष्ट इन्स्टिच्युटका मुकेश गुरुङ र कसमस कलेजका भरत गुरुङ थिए ।

उक्त अवसरमा हेटौडाकी व्युटिसियन अस्मिता श्रेष्ठलाई व्युटिसियन क्षेत्रमा लागेर पु¥याएको योगदानको कदर गर्दै संस्थाले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको थियो । प्रतियोगिताको कोरियोग्राफी सुरक्षा गुरुङले गरेकी थिइन् । ओजन रेष्टुरेन्ट एण्ड बारमा हुने ग्राण्डमा भएको कार्यक्रमको सञ्चालन एकेन गुरुङले गरेका थिए । एसइइ दिएर बसेका प्रतिष्पर्धीलाई यसअघि पर्यटकीय क्षेत्र धम्पुस क्याम्पिङ, व्यक्तित्व विकास, फोटोसुट, व्युटीसम्बन्धी कक्षामा सहभागी गराइएको होमका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले बताए ।

कमेन्टहरु
Loading...