पोखरामा हिमाअस मिस पोखरा २०१८ को पहिलो अडिसन

पोखरा, १९ साउन / जेसिजको आयोजनामा हुने हिमाअस मिस पोखरा २०१८ दशौँ सस्करणको पहिलो अडिसन आज समपन्न भएको छ । अडिशनमा १७ वर्षदेखि २४ वर्ष सम्मका २५ जना युवती सहभागी रहेको कार्यक्रमको मुल संयोजक तथा पोखरा जेसिजका कार्यकारीणी उपाध्यक्ष देवराज शर्माले जानकारी दिए ।

शनिबारको अडिसनमा सहभागी हुन छुटेका युवा नारीहरुलाई मौका स्वरुप मिस पोखराको प्रतिस्पर्धामा सहभागी हुन इच्छुकहरुलाई मध्यनजर गर्दै दोस्रो चरणको अडिसन भाद्र २ गते हुने पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले बताए ।

हिमाअस एजुकेशन कन्सल्टेन्सिको मुख्य प्रायोजन रहेको यस कार्यक्रम क्वीनसफोर्ड कलेजको सहप्रायोजन र यामाह स्कुटरको उपप्रायोजन रहेको छ । अन्तराष्ट्रिय स्तरको कुनैपनि सौन्दर्य प्रतियोगीतामा सहाभागी नभएका पहिलो चरणको छनौटबाट उतिर्ण प्रतियोगीहरुले करिव एक महिनाको तालिम र अभ्यासको माध्यमबाट आफ्नो प्रतिभामा निखार ल्याउनुका साथै परिष्कृत गरि यहि आश्विन २० गते अन्तिम प्रतिस्पर्धामा भिड्ने अध्यक्ष सुवेदीले बताए ।

मिस पोखरा विजेता मिस नेपालमाको अन्तिम प्रतिस्पर्धामा स्वत सहभागी हुन पाउने महत्वपुर्ण अवसर सँगै एक हप्ताको अस्ट्रेलिया भ्रमण, नगद र क्राउन सँगै मिभिन्न पुरुस्कारहरु पाउने छन भने प्रतियोगीहरुले विभिन्न विधामा गरि १३ वटा शिर्षकमा आफ्नो क्षमता प्रदर्शन गरि विजयी बन्न सक्नेछन । युवा नारीहरुको व्यक्तित्व र नेतृत्व विकास सँगै अन्तरिनिहित प्रतिस्पर्धात्मक क्षमताको विकासको लागि मिस पोखरा कार्यक्रमलाई मिस नेपाल पछिको दोस्रो ठुलो र महत्वपुर्ण कार्यक्रमको रुपमा हेरिन्छ ।

कमेन्टहरु
Loading...