मिस नर्स पोखराको अडिसन बुधबार हुने

पोखरा ६ कार्तिक/नर्स पेसामा आबद्ध युवतीहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक मिस पोखरा पिस हुने भएको छ ।एपी इन्टरटेन्मेन्ट र एसटी क्रियसन आयोजना तथा सेपअप स्लिमिङ सेन्टरको सहकार्यमा प्रतियोगिता आयोजना हुने भएको हो । अडिसन कार्तिक ७ गते बुधबार क्लाउड नाइन सेलवेज टावर चिप्लेढुङ्गामा हुने आयोजक एपी इन्टरटेन्मेन्टका म्यानेजिङ डाइरेक्टर अर्जुन पाण्डेले जानकारी दिए । अडिसन दिउँसो ३ बजेबाट सुरु हुने छ ।

सामाजिक सेवा भाव भएर नर्सिङ पेसालाई अंगाल्दै आएका युवतीहरुलाई पेसा प्रतिको सम्मान र हौसला प्रदान गर्ने गरी यस किसिमको प्रयोगिता आयोजना गरेको एसटी क्रियसनका प्रबन्ध निर्देशक एवं कोरियोग्राफर सुरज थापाले जानकारी दिए । अडिसनका लागि आयोजकले केही मापदण्ड तोकेको छ । जसका लागि नर्सिङ पेसामा आबद्ध भई १५ देखि ३० वर्ष उमेर समूहका युवती सहभागि हुन पाउने बताइएको छ । आयोजक एपी इन्टरटेन्मेन्ट र एसटी क्रियसनले यसअघि विभिन्न सौन्दर्य एवं प्रतिभा प्रष्फुटनका प्रतियोगिता आयोजना गरिसकेको छ । मिस गण्डकी, हस्पिटालिटी नेपाल कन्टेस्ट, मिस्टर एण्ड मिस एसइई, मिस फिटनेस, मिस गोर्खा, सानोबाबु सानो परी लगायतका विभिन्न प्रतियोगिता सफल इभेन्ट हुन् ।

कमेन्टहरु
Loading...