मिस नेवा ११३६ को तयारी शुरु

पोखरा, १ फागुन/नेवा खलः कास्कीले छैँठौ पटक पोखरामा आयोजना गर्न लागेको मिस नेवाः पोखरा ११३६ का लागि १६ जना नेवारी समुदायका युवतीले प्रतिस्पर्धा गर्ने भएको छ । शनिबार श्रीपञ्चमीको अवसर पारेर पोखरामा आयोजित मिस नेवा पोखराको परिचयात्मक तथा तालिम शुभारम्भ कार्यक्रममा संयोजक सुविन्द्र श्रेष्ठले पोखरा र आसपासका १६ जना प्रतिस्पर्धीले मिस नेवामा प्रतिस्पर्धा गर्ने जनाएका हुन् ।

मिस नेवा ११३६ को तयारी शुरु
मिस नेवा ११३६ को तयारी शुरु

प्रतिस्पर्धीहरुमा भैरबटोलका करिस्मा शाई, रामबजारका सन्ध्या श्रेष्ठ, सुवि तण्डुकार, सुरक्षा तझ्या, हेम्जाका ज्योती श्रेष्ठ, पृथ्बीचोकका एनी श्रेष्ठ, रानीपौवाका अनिशा तझ्या, सुस्मा श्रेष्ठ र सन्जु श्रेष्ठ रहेका छन् । यसैगरि नागडाँडाका सबिना श्रेष्ठ, मोहोरिया टोलका अस्मिता बज्राचार्य, एलिशा जोशी, सृजनाचोकका सदिक्षा मल्ल, बगरका निशा श्रेष्ठ, लामाचौरका रोजिना श्रेष्ठ र तनहँु डुमे्रका अस्मिता श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले आत्मविश्वास अभिवृद्धिका साथै नेवारी मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनका बारेमा नेवार समुदायका युवतीहरुलाई अवगत गराउदै संरक्षण सम्बद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमका संयोजक सुविन्द्र श्रेष्ठले नेवारी समुदाय संस्कार र संस्कृतिको धनि भए पनि युवा पुस्ताले यसका बारे बुझ्न बाँकी नै रहेकाले पुस्ता हस्तान्तरणका लागि पनि यो कार्यक्रम उपयोगी हुने बताए।

विभिन्न चरण पार गर्दै आउदो चैत्र ६ गते शनिबार पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ । कार्यक्रममा सफलताका साथ सम्पन्न गर्नका लागि सुविन्द्र श्रेष्ठको संयोजकत्वमा बिभिन्न उपसमिति गठन गरिएको छ । समितिको सहसंयोजकमा शम्भुलाल श्रेष्ठ, सारा बजिमय, सांस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमिती संयोजक सोनी ढेवाजु, स्टेज ब्यवस्थापन संयोजक गजेन्द्रमान श्रेष्ठ रहेका छन् ।

यसैगरि फोटो सेसन संयोजक पुजा प्रधान, श्रृङ्गार ब्यवस्थापन मिना प्रधान, समिता रञ्जित, निर्णायक मण्डल संयोजक निरन्जन श्रेष्ठ, साउण्ड सिस्टम संयोजक शंकर ताम्राकार, कोरियोग्राफर संयोजक निशा प्रजापती प्रचार संयोजकमा सञ्जय मल्ल रहेका छन् ।

नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठ र ११३५ मा आशा श्रेष्ठले मिस नेवा पोखराको ताज पहिरन सफल भइसकेका छन् । मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, कुमारी नृत्य, चर्या नृत्य, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएका छन् ।

कमेन्टहरु
Loading...