मिस नेवा पोखराको उपाधिका लागि १७ जना युवती प्रतिस्पर्धामा

पोखरा, २० माघ/नेवा खलः कास्कीको आयोजनामा हुने मिस नेवाः पोखरा ११३७ को तालिम शुरु भएको छ । श्रीपञ्चमीको अवसर पारेर आयोजना गरिएको तालिम शुभारम्भ तथा परिचय कार्यक्रममा मिस नेवा पोखरा ११३७ का सहभागी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

नेवार समुदायका १७ जना सहभागी युवतीहरुलाई डेढ महिना लामो ब्यक्तित्व विकास तथा नेवारी संस्कृतिका बारेमा तालिम दिइने कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले बताए । प्रतिस्पर्धामा पोखरा बागबजारका श्रद्धा श्रेष्ठ, कुँडहरका बर्षा श्रेष्ठ, नयाबजारका सिम्रन श्रेष्ठ, लेखनाथ शिशुवाका सुमन श्रेष्ठ, हेम्जाका कृपा श्रेष्ठ, नयाबजारका सरिष्मा उदास, लेखनाथ खुदीका लक्ष्मी श्रेष्ठ, गणेशटोलका सुमित्रा श्रेष्ठ, मोहोरिया टोलका रश्ना बुद्धाचार्य, तेर्सापट्टीका अंशु शाक्य, श्रीया श्रेष्ठ, तनहुँ दुलेगौंडाका आकृति श्रेष्ठ, नदिपुरका ज्यास्मिन श्रेष्ठ, रामकृष्णटोलका निकिता लिगल, चिप्लेढुङ्गाका प्राथर्ना डंगोल, र बागबजारका आयुष्मा श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा बोल्दै नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नया पुस्तामा नेवारी संस्कृतिको हस्तान्तरणका लागि कार्यक्रम अपरिहार्य रहेको बताए । उनले डेढ महिने तालिम अवधीमा सहभागीहरुले ब्यक्तित्व बिकासका जीवनोपयोगी ज्ञान मात्रै नभई आफ्नो समुदायको ऐतिहासिक पृष्ठभुमी, साँस्कृतिक महत्व, उपयोगिता र संरक्षणमा नया पुस्ताको सहभागिताका लागि पनि कार्यक्रम महत्वपुर्ण रहेको बताए । कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मिस नेवा ११३७ एलिसा जोशी, नेवा मिसा पुच कास्की अध्यक्ष शान्ती उदास, कार्यक्रम सहसंयोजक गजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा फागुन २८ गते शबिार पोखरा सभागृहमा हुनेछ ।

कमेन्टहरु
Loading...