बर्षालाई मिस मगर तनहुँको उपाधि

पोखरा, २४ चैत /मिस मगर तनहुँ सिजन – २ को ताज कक्षा ११ मा पढ्दै गरेकी शुक्लागण्डकी मालेबगरकी बर्षा आले मगरले जितेकी छन् । शुक्रबार आयोजित ग्राण्ड फिनालेमा अन्तिम ११ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जीतेकी हुन् । उनलाई मिसेस् तनहुँ २०१७ का विजेता विष्णु माया थापा मगरले ताज पहिर्याईदिइन् । उनले हिरो कम्पनीको ड्यास स्कुटर पनि प्राप्त गरिन् ।

उनलाई पछ्याउदै पुष्षा थापा मगर फस्ट रनर अप, सुमिका थापा मगर सेकेण्ड रनर अप, मुना थापा मगर थर्ड रनर अप भइन् । उनीहरुले क्रमस रु. ५०,०००, रु. ३०,००० लगाएत अन्य गिफ्ट ह्याम्परहरु प्राप्त गरे । विभिन्न टाइटल अवार्ड तर्फ भिउअर्स च्वाइस अवार्ड रविना थुम्सीङ् मगर, मस्ट ट्यालेन्टेड अवार्ड मुना थापा मगर , बेस्ट फोटोजेनिक अवार्ड मनिसा थापा मगर, बेस्ट हेअर अवार्ड र वेस्ट वाल्क अवार्ड रितु आले मगर, वेस्ट स्माइल अवार्ड समिता राना मगर, वेस्ट पङ्चुवल अवार्ड इशा थापा मगर, वेस्ट स्कीन अवार्ड मुस्कान थापा मगर, यु टुव सेन्सेशन अवार्ड ममता थापा मगरले प्राप्त गरे ।

मगर भाषा संस्कृती जातिको उत्थान , मिस मगर तनहुँ सिजन – २ को अभियान भन्ने मुख्य उद्धघोषका साथ सम्पन्न भएको मिस मगर तनहुँ दोस्रो सिजन हो । विशेष गरी मगर युवतीहरुमा मातृभाषा, संस्कृती र नेतृत्वविकाश लगाएतमा रुचि तथा विकाशका लागी प्रतियोगिता आयोजना गरीएको हो । यसपटक निर्णायक मण्डलमा प्रमुख निर्णायकमा सिनियर कोरीयोग्राफर सुरज थापा मगर, कोरीयोग्राफर विशाल आले मगर, मिसेस तनहुँ २०१७ का विजेता विष्णु थापा मगर रहेका थिए ।

तनहुँ जिल्लाका विभिन्न क्षेत्रका ११ मगर युवतीहरुको सहभागीता रहेको उक्त सौन्दर्य प्रतियोगिता न्यू क्रियटिभ इभेन्ट म्यानेजमेन्ट तनहुँको आयोजना र नेपाल मगर संघ तनहुँको सरक्षंणमा भएको हो । मिस मगर तनहुँ सिजन – २ ग्राण्ड फिनालेको उद्धघाटन राष्ट्रिय मौलिक कौराहा सरक्षंण समितिका केन्द्रीय अध्यक्ष हर्क आले मगरले गरेका थिए । न्यू क्रियटिभ इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक पवित्रा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको फिनालेको सन्चालन सन्चारकर्मी विनोद रखाली मगर र मनिराज थापा मगरले गरेका थिए ।

कमेन्टहरु
Loading...