Ganthan News Pokhara
All news from Pokhara & around

मिस्टर एण्ड मिस कास्कीको उपाधि कल्शन र स्नेहा गुरूङलाई

0

पोखरा, १७ असोज / पोखरामा आयोजित मोडलिङ रियालिटि सो ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को उपाधि कल्शन गुरूङ र स्नेहा गुरूङले जितेका छन् ।

विजेताले उपाधीको क्राउन सहित सुजुकि स्कुटर सगै नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरेको आयोजक जनाएको छ ।

तेस्तै प्रतियोगिताको फस्ट रनरअप रोशन नेपाली भएका छन । नेपालीले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्रदान गरिएको कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिनुभएको छ ।

तेस्तै प्रतियोगिताको सेकेण्ड रनरअप निशा नेपाली भएकी छन । उनले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरेकि छन ।

पोखराको ओजनमा आयोजित ग्राण्ड फिनालीमा विभिन्न चरणमा प्रतिष्पर्धा गराई आठ जना प्रतिष्पधीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।