मिस कल्चर–२०७३ को उपाधी पवित्रालाई

पोखरा, ३ साउन /पुष्पाञ्जली फेसन एण्ड इभेण्ट प्रालिले आयोजना भएको तेस्रो मिस कल्चर नेपाल–२०१६ को उपाधी पवित्रा लामिछानेको पोल्टामा परेको छ । उपाधि सँगै लामिछानेले पोखरा बहुमुखि क्याम्पसमा चार वर्षे स्नातक तहको अध्ययन निशुल्क, हङकङ ब्यूटि पार्लमा ६ महिने निशुल्क ब्यूटिसियन तालिम, म्यूजिक भिडियोका साथै सञ्जिता फिल्म प्रा।लि।द्धारा फिल्मले समावेश गर्ने भएको छ ।

मिस कल्चर–२०७३ को उपाधी पवित्रालाई
मिस कल्चर–२०७३ को उपाधी पवित्रालाई

उनले बेष्ट डान्स, बेष्ट पर्फमेन्स, मोष्ट पपुलर टाइटल हात पारीन् । पोखरा सभागृहमा आयोजित कार्यक्रममा फस्ट रनर अप ज्योति गुरुङ, सेकेण्ड रनर अप सुविना पुन, ठर्ड रनर अप समिक्षा शर्मा घोषित भए । यसैगरी फोर्थ रनरअप शुशिला भण्डारी र फिप्थ रनर अप यूनिशा कुँवरको पोल्टामा पुग्यो ।

प्रतियोगितामा बेष्ट स्माइल सन्तोषी सुनार, मोष्ट एक्टिभ विपना सुवेदी, बेष्ट फिगर ज्योति गुरुङ, मोष्ट फेन्डली लक्ष्मी थापा, बेष्ट क्याटवाक विष्णु गुरुङ, बेष्ट डान्स पवित्रा लामिछाने, मोष्ट डिसीपिलिन रेनु थापा मगर, बेष्ट स्किन अनिशा थापा घोषित भए ।

‘हाम्रो सँस्कृति, हाम्रो पहिचान, लोपोन्मुख सँस्कृति बचाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा शनिवार १५ जनाबीच प्रतिष्पर्धा गरिएको थियो । गत जेठमा शुरु भएको प्रतियोगितामा कुल ३१ जना युवातीहरु सहभागि थिए । उनीहरुले नेपालका लोपोन्मुख भेषभुषा झल्काएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष अनिता विन्दुले विविधतामा एकता भएको मुलुकमा यस प्रकारको कार्यक्रमले संस्कृति जर्गेनामा सहयोग पुग्ने बताइन् । पुष्पाञ्जली फेसन एण्ड इभेण्ट प्रालिका अध्यक्ष शोभा गौतमले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

सो अवसरमा समाजसेवी धर्मराज बर्तौलालाई सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो भने सोहि अवसरमा विभिन्न आमा समुहलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व समाजसेवी एवम् चर्खा फिल्मका निर्माता धर्मराज बर्तौला, राससका वोर्ड सदस्य गंगाधर पराजुली, ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालयकी प्रमुख अप्सरा दिदी, कार्यक्रम संयोजक दिनेश प्रसाद शर्मा लगायतले चर्चा गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा पोखरा बहुमुखि क्याम्पकास प्रमुख सुनिल मरासिनी, रेडियो बाराहीका राजन उपाध्याय, सञ्चारकर्मी एवम् उद्यमी सिता बराल र मिसेस तीज–२०७२ का विजेता पूजा शिलवाल रहेका थिए ।

कमेन्टहरु
Loading...