पोखरामा मिस भर्सटाईल हुने

पोखरा १५ चैत्र/पोखरामा मिस भर्सटाईल २०७४ हुने भएको छ । सारेगम इन्टरटेनमेन्ट हाउसले एसर्ईई दिएर बसेका छात्राहरुलाई सवल, सक्षम बनाई उनीहरुका प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्ने भएको हो । व्यक्तिलाई हरेक पक्षमा पर्खर बनाउनुपर्छ भन्ने उद्देश्यले अहिले चलिरहेको व्युटि प्रिजेन्ट भन्दा पृथक तरिकाले मिस भर्सटाईलको आयोजना गरिने कार्यक्रम संयोजक सुरेन कुमार शुसिलले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा सहभागि हुने छात्राहरुलाई आरजे, भिजे, ¥याम वाल्क, म्युजिक तथा डान्स , मोटिभेसनल, फोटोसेसन, वुमन इम्पावरमेन्ट क्लास, पोलिटिसियन लगायतका विषयमा २५ दिन प्रशिक्षण गराईने छ ।यो कार्यक्रम विषेशतः अवार्ड वेश र टिभी रियालिटी शोमा केन्द्रित हुनेछ । मिस भर्सटाईल विजेता, फस्ट रनर अफ र सेकेन्ड रनर अफ हुनेले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारको साथमा सिल्भर क्राउन, छात्रवृत्ति साथै अन्य अवसरहरु प्राप्त गर्नेछन् ।

कार्यक्रममा सहभागी हुन​ १० हजार रुपैयाँ प्रवेश शुल्क लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।आगामी जेठ १३ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा फाइनल हुने कार्यक्रमको लागि छिट्टै नै दर्ता खुल्ला गरिने संयोजक शुसिलले जानकारी दिए ।सारेगम इन्टरटेनमेन्ट हाउस २०६६ सालमा स्थापना भई पोखराको क्षेत्रमा कला र संस्कृतीको जर्गेना गर्ने काम गर्दै आएको संस्था हो ।

कमेन्टहरु
Loading...