औद्योगिक मेलामा पिसिसिआई सिङ्गिङ स्टार नामक गायन प्रतियोगिता हुने

पोखरा, २६ कार्तिक। पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिरमा आयोजना गर्ने राष्ट्रिय

व्यापार मेलामा पिसिसिआई सिङ्गिङ स्टार नामक गायन प्रतियोगिता हुने
व्यापार मेलामा पिसिसिआई सिङ्गिङ स्टार नामक गायन प्रतियोगिता हुने

व्यापार मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’ नामक गायन प्रतियोगिता आयोजना हुने भएको छ । मंसिर २३ देखि पुस ४ गतेसम्म पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको क्रममा आयोजना हुने सो प्रतियोगिता विशुद्ध गायन प्रतियोगिता हुनेछ । देशका जुनसुकै ठाउँका प्रतिभावान गायक कलाकारले भाग लिन सक्ने प्रतियोगिताको विजेताले १ लाख नगद र दोस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार र विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । प्रतियोगितामा वरिष्ठ कलाकार श्यामसुङ तामाङ सहितका कलाकारहरुले प्रतियोगीको मूल्याङ्कन गर्नेछन् ।राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रम अन्तर्गत नै ‘पिसिसिआई सिङ्गिङ स्टार’ समेत समावेश गरिएको साँस्कृतिक उपसमिति संयोजक तथा संघका कोषाध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।प्रतियोगितामा भाग लिन चाहनेहरुको लागि संघको सचिवालयबाट फाराम बितरण भइरहेको र मंसिर २० गतेसम्म संघको सचिवालय गैह्रापाटनबाट फाराम लिन सकिने उनले बताए ।पोखरा उद्योग वाणिज्य संघको नियमित कार्यक्रम राष्ट्रिय औद्योगिक व्यापार मेलालाई थप मनोरञ्जनात्मक बनाउन मेलामा पहिलो पटक रेस्लिङ पनि समावेश गरिएको उनले बताए ।यसैगरी यो पटकको मेलामा राष्ट्रिय स्तरको फेसन सो, ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती, पनि समावेश गरिने कोषाध्यक्ष प्रजापतिले जानकारी दिए ।

कमेन्टहरु
Loading...