सरकारमा दुई उपप्रधानमन्त्री थपिए

काठमाडौं, १८ जेठ,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज पूर्णता पाएको छ ।शुक्रबार​ संघीय समाजवादी फोरमबाट २ जना मन्त्री थपिएसँगै सरकारले पूर्णता पाएको हो ।फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान सहित स्वास्थ्यमन्त्री बनेका छन् भने मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि सञ्चार राज्यमन्त्री रहेका गोकुल बास्कोटालाई सरकारले सञ्चारमन्त्रीमा बढुवा गरिदिएको छ । ओली नेतृत्वको सरकारमा अब दुई जना उपप्रधानमन्त्री बनेका छन् ।यसअघि रक्षामन्त्री रहेका इश्वर पोखरेललाई पनि उपप्रधानमन्त्री बनाइएको छ ।फोरमलाई पनि सरकारमा सहभागी गराउन अध्यक्ष यादवलाई उपप्रधानमन्त्री बनाइएको हो । यादव यसअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्री बनिसकेका थिए भने फोरम नेता राई श्रममन्त्री बनेका थिए ।

संघीय समाजवादी फोरम, नेपालबाट २ जना थप भएसँगै ओली नेतृत्वको मन्त्रिपरिषद २४ सदस्यीय भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सरकारमा दुई उपप्रधानमन्त्री थपिए

कमेन्टहरु
Loading...