हस्पिटालिटी नेपालका प्रतिस्पर्धीहरु ट्यालेन्ट राउण्डमा

पोखरा, २६ फागुन /जारी तेस्रो सँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाएका छन् । प्रतिस्पर्धीहरुले बन्द प्रशिक्षण अवधीभर सिकेका हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित कोर्षहरुको आधारमा उनीहरुले आफ्नो प्रतिभा देखाएको आयोजक एपी इन्टरटेनमेन्टले जनाएको छ ।

ट्यालेन्ट राउण्ड अन्तरगत १८ जना प्रतिस्पर्धीहरुले हस्पिटालिटी थिममा रहेर आफ्नो प्रतिभा देखाएका थिए । उनीहरुले बार टेन्डर, हाउसकिपिङ, फुड डेकोरेशन, बारिस्टा लगाएतका स्किल प्रदर्शन गरेका थिए । त्यो सँगै उनीहरुले व्यक्तित्व र नेतृत्व विकास सम्बन्धि कलाहरु पनि देखाएका थिए । त्यस्तै केहि प्रतिस्पर्धीहरुले ट्यालेन्ट राउण्डको क्रममा नाचगान समेत गरेका थिए ।

ट्यालेन्ट राउण्डमा न्यू ग्यालेक्सी कलेजका प्रिन्सिपल डा. रामजी शर्मा, माउन्ट अन्नपूर्ण कलेजका प्रिन्सिपल शैलेन्द्र श्रेष्ठ, डाँफे होटल ट्रेनिङका संचालक सोभित पौडेल, नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी र हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ का विजेता कविता पौडेल निर्णायक रहेका थिए ।ट्यालेन्ट राउण्डमा इन्टरटेनमेन्ट विधातर्फ प्रतिक गुरुङ र हस्पिटालिटी विधातर्फ अनिक अधिकारी र सन्देश क्षेत्री उत्कृष्ट ठहरिए । आयोजकले ट्यालेन्ट राउण्डका उत्कृष्ट प्रतिस्पर्धीलाई ग्राण्ड फिनालेमा विशेष पुरस्कार दिने बताएको छ ।

‘हामीले प्रतिस्पर्धीहरुलाई डेढ महिनाको बन्द प्रशिक्षणमा सिकाएका कुराहरुले उनीहरुलाई निकै आत्मविश्वासी र दक्ष बनाएको महशूस ग¥यौँ ।’ एपी इन्टरटेनमेन्टका निर्देशक उज्जवल बस्नेतले भने–‘प्रतिस्पर्धीहरुको प्रदर्शनीले हामीलाई अझै बढि ढुक्क बनाएको छ ।’ उनले प्रतिस्पर्धीहरु अब ग्राण्ड फिनालेका लागि पुरै तम्तयार भैसकेको पनि बताए ।हस्पिटालिटी नेपालको आयोजना गर्दै आएको संस्था एपी इन्टरटेनमेन्टले चैतको ९ गते प्रतियोगिताको फाइनल गर्दैछ । फाइनलका लागि यतिबेला आयोजकले तयारी तीव्र पारिरहेको छ ।

कमेन्टहरु
Loading...