रामभक्तको मनको ढोकाको भिडियो सार्वजनिक (भिडियो सहित)

पोखरा, ३० भदौ / गायक तथा सङ्गीतकार रामभक्त जोजिजूको नयाँ गीत मनको ढोका…को म्युजिक भिडियो

शनिबार सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले

भिडियोको सार्वजनिक गर्नुभएको हो । मन्त्री गुरुङले गण्डकी प्रदेश लोक साहित्य र सङ्गीतको ऊर्वरभूमि भएको

बताउनुभयो । यस क्षेत्रको कला, साहित्य र सङ्गीत अत्यन्त लोभलाग्दो भएको भन्दै मन्त्री गुरुङले प्रदेश सरकारले

यहाँको वाङ्मयिक विकासका लागि आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाउनुभयो । कला, संस्कृतिक नै सभ्यताको

प्रतीक भएको बताउँदै उहाँले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि आवश्यक सल्लाह सुझाव दिन सबैसँग आग्रह

गर्नुभयो । सार्वजनीकीकरणमा गायक जोजिजूकी आमा योगमाया जोजिजू, रमेश श्रेष्ठ, मनकुमार श्रेष्ठ, शीतल

थापा, इतु जोजिजू, कौशल्या गुरु, मितु पाल, अनुराग अधिकारी, नवराज बराल, गायक रामभक्त जोजिजूलगायत

सहभागी हुनुभएको थियो ।

रक्ष गुरुङको शब्द र सङ्गीत रहेको गीतमा रामभक्त जोजिजूको स्वर रहेको छ भने गायक जोजिजू र वर्षा

राउतको अभिनय रहेको छ । जोजिजू इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोको निर्देशन निकेश खड्का,

कोरियोग्राफी राजिव समर, छायाङ्कन ज्ञानेन्द्र शर्मा, सम्पादन विकास धमलाले गर्नुभएकोे छ । ँ उडेर जून…., के

वर मागी फक्र्यौ भन…लगायत दर्जनांै चर्चित गीतका गायक जोजिजूले अन्य गीत जस्तै यसलाई पनि

दर्शक/स्रोताले उत्तिकै मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

सुगम सङ्गीत यात्राका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा प्राज्ञ रमेश श्रेष्ठ र

जनसांस्कृतिक महासङ्घका गण्डकी प्रदेश इन्चार्ज मनकुमार श्रेष्ठले रामभक्तको नेपाली सङ्गीतमा रहेको योगदान

उल्लेखनीय रहेको बताउनुभयो ।

सो अवसरमा पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको ३८ औँ शृङ्खला पनि सम्पन्न

भएको छ । अनुपम म्युजिक, जे. ई. म्युजिक एकेडेमी र त्रिवेणी सङ्गीतालयको संयुक्त आयोजनामा मासिक रुपमा

हुँदै आएको अभियानको सो शृङ्खलामा इतु जोजिजू, विनित जोजिजू, कौशल्या गुरुङ, शीतल थापा, मितु पाल,

देवीमाया गुरुङ, ईशा कार्की, युनिक लामा, युकेश थापा, शिवानी गुरुङ, सत्यम गुरुङ, निश्चल सुवेदीलगायतले

गायन प्रस्तुत गर्नुभएको थियो । प्रत्यक्ष वाद्यवादनमा भएको कार्यव्रmममा परविन्दर सिंह, गुप्त गुरुङ र सन्जीव

पाल रहनुभएको थियो ।

यात्राका उपाध्यक्ष तथा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालको स्वागतमा भएको कार्यव्रmम

सहसचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको थियो ।

कमेन्टहरु
Loading...