माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा अर्को चलचित्र निर्माणको घोषणा

पोखरा १७ मंसिर। पुरानो डुंगाले राम्रो ब्यापार गरिरहेका बेला माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा अर्को चलचित्र निर्माणको घोषणा गरिएको छ । यहि ब्यानरमा बनेको पुरानो डुंगा सफल भएपछि हौसिएका माओत्से गुरुङको निर्देशनमा नयाँ चलचित्र निर्माण हुन लागेको हो । माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको गुरुङ रहर सहन र संस्कृतिमा आधारित चलचित्र मनको बाबरीका कलाकार तथा प्राविधिक टोलीको आज घोषणा गरिएको छ ।manko-babari

चलचित्रको कथा लेखन तथा निर्देशन माओत्से गुरुङ गर्ने भएका छन् । उनले सामाजिक कुरिती र अन्धविश्वास विरुद्ध मनको बाबरी  निर्माण हुने बताए ।चलचित्र स्याङ्जा जिल्लाको पेल्काचौर गाविसमा केन्द्रित रही छायांकन गरिने निर्देशक गुरुङले जनाए । चलचित्रका गीतमा राजु गुरुङ, शर्मिला गुरुङ, सरुन गुरुङ, रोश्नी गुरुङ, निशा गुरुङको स्वर रहनेछ ।

फिल्ममा हेमन्त गुरुङ र एन्जर्स गुरुङको संयुक्त लगानी छ । चलचित्रमा गगन घले, धर्मराज गुरुङ, राज गुरुङ, एन्जर्स गुरुङ, सुरेश सुनार, एनबी गुरुङ, सीता गुरुङ, रुपा क्षेत्री, सोनी गुरुङ लगायतका कलाकारले अभिनय गर्ने भएका छन् । त्यस्तै कृष्णकुमार गुरुङको गीत, लभसन गुरुङको नृत्य निर्देशन तथा हरि घले लामाको छायांकन र सरुन गुरुङको संगीत रहने बताइएको छ ।

कमेन्टहरु
Loading...