प्रेममा भ्रमको खेती

प्रकाश शर्मा
प्रकाश शर्मा
प्रकाश शर्मा

बिहानको समय, पुसको महिना । बाहिर रातभर सित परेकाले चिसो बढि नै थियो । भर्खर उठेर चिया खादै थिए ।

मोेबाइलको घन्टि बज्यो । मोबाइल हेरे नम्बर सेब थिएन । नयाँ नम्बर भए पनि फोन रिशिब गरे, उता कोहि हेलो

भन्दै थियो । आवाज केटिको थियो, म रन भुलमा परे, कस्को फोन पत्तै पाउन सकिन । हजुर भने नचिनी कनै ।

को हो भनेर सोध्नैलागेको मात्र के थिए ,उताबाट थप प्रश्न शुरु भयो ।

उः सन्चै छौ ?

मः ठिक छु अनि तिमि ?

उः ठिक छ मलाई पनि । किन हो तिमिले मेरो फ्रेन्ड रिक्वयस्ट एशेप्ट नगरेको ? कि गलफ्रेन्डले कोही केटिसगँ

नबोल भन्या भएर हो ?

मः म त के बोलु बोलु भयो, न को हो थाहा छ । त्यहिमाथि एक पछि अर्को प्रश्न ? त्यस्तो होइन नम्बर नयाँ अनि

बोलि पनि सुनेजस्तो लागेन र कुरा आयो रिक्वयस्टको म नचिनेको को रिक्वयस्ट एशेप्ट गर्दिन सो ।

उः उता बाट हासोँ आयो । म अस्मिता तिम्रो पहिलाको क्लासमेट, फेसबुकमा फोटो हेर्दापनि चिनेनउ ?

मः अँ चिने नि अहिले त,फेसबुकमा फोटो त हेरे तर तिमि पहिले भन्दा निकै फरक भइछ्यौ अनि बिवाह पनि

भएको रहेछ । कलेज सकिएपछि तिमिसँग न कुरा भएको थियो न भेट । यति लामो समयपछि कसरी याद गर्यौ त

? मेरो नम्बर कसरी पायौ ?

अस्मीताः म लामो समय बिरामी परे । फेसबुकमा तिमि फे्रन्ड पनि थिएनउ,नम्बर हुने कुरै भएन तर सम्झन त

सम्झीर हन्थे । फेसबुकमा एकदिन तिम्रो प्रोफाइल देखे त्यसपछि रिक्वयस्ट पठाएकी तर एशेप्ट भएन । आज रमेश

अनलाइन थियो उ सँग तिम्रो नम्बर छ भनेर सोधेको छ भन्यो अनि मागेर फोन हानेकी ।

मः ए हो र ! खासमा के भएको हो,अनि कसैले केहि भन्दापनि भनेनन् । बिवाह भएको कति भयो ? अहिले कता

छ्यौ त?

अस्मिताः यो सब कुरा म अहिले भन्न सक्दिन, म तिमिसँग भेटेर कुरा गरौला । बरु मिल्छ भने म पोखरा आउदैछु

भेटुम न है ।

मः हुन्छ नि किन नमिल्नु ,बरु आउँदा फोन चै गर ल ।

अस्मिताः ल अरु भेटमा अहिले बुबा आउने बेला भो राखे ल । बाई

फोन कट भयोे । नम्बर सेब गरेर आफ्नो काममा लागे तर मनमा अनेकौ प्रश्न आउन थाले । उ मलाइ किन भेट्न

चाहन्छे । यति लामो समय हराएकी उ आज एक्कासी फोन ,अनि भेट्ने कुरा । म केही सोच्नै सकिन ।

मनमा खुशीपनि लाग्यो यति लामो समय पछि उसले मेरो नम्बर खोजेर फोन गरी । उसको फ्रेन्ड रिक्वयस्ट एशेप्ट

गरे । उसको पहिलेको फोटो पनि हेरे । करिब ५ बर्ष भएको थियो उसलाइ नदेखेको ,मेरो मानस पटलमा उसका्े

कुनै स्मृति समेत बाकि थिएन तर आज फोन गरेर त्यो बेलाको सम्झना गराइन् ।

समय बित्दै थियो ।त्यसको केहि समय पछि तिज थियो । नारीको बिशेष चाड । पछिल्लो समय पोखरामा एक

महिना अघिबाटै दर खाने चलन भए पनि बास्तविक दर खाने दिनको महत्व भने घटेको थिएन, सबै रातो साडी

लेङ्गामा सजिएर माइत र मामाको घरमा जानेको बाटोमा भिडनै थियो । पोखराको न्युरोडमा मेरो अफिस थियो ।

म अफिसमा बसेर काम गर्दै थिए, फोनको घन्टि बज्यो ,फोन अस्मीताको थियो । रिसिब गरे । म पोखरा आएकी

छु, बेलुका भेट्न मिल्छ भने लेकसाइडको कुनै रेस्टुरेन्टमा भेटुम् । ठिक ४ बजे । उसले हुन्छ भनेर फोन राखी….।

म अफिसको काम सकेर लेकसाइड तर्फ लागे । बर्खाको समय त्यसमाथी पोखरा जहाँ नानी र पानीको कुनै भर

छैन भन्छन् । बादल मडारी रहेको थियो, कुन बेला झम झम पानी झर्ने हो थाहै थिएन । म हतारमा रेष्टुरेण्ट पुगे ।

रेष्टुरेण्टको टपमा रहेको एउटा टेबलमा रातो कुर्थामा ऊ मलाई नै कुरेर बसेकी थिइन् । म सरासर उ बसेको

ठाउँमा पुगे । उ हातमा एउटा डायरी लिएर त्यही हेरिरहेकी थिइ । मैले नै उसलाई हाई भने । उसले हेलो भन्दै

मुस्स हासीँ………..। पहिले कलेज पढ्दा भन्दा अल्लि मोटाएकी अनी पहिले भन्दा राम्री पनि देखीएकी । राम्री

पनि नहोस् किन पहिले भन्दा अहिले बढिनै अनुहारमा लिपपोत गरेकी थिइन् ।

अस्मिता ः समयको पक्का रहेछौ,मैले सोचेकी थिए तिमि ढिला आउछौँ ।

मः ए होर त्यो थाहा पाएको भए त ढिला आउथेँ नि, म हास्दै भने ।

अस्मिताः बस्ने होइन कि उठेरै जाने हो, उ फेरी हासीँ । अनि गलफ्रेन्डलाई के भनेर आएउ त ?

मः आडैमा रहेको कुर्चि तानेर बसे । के भन्नु अनि कसलाई ? मेरो गलफ्रेन्ड नभएर बिल्ला गरेकी मैले उल्टै प्रश्न गरे

। उ फेरि हासीँ उसैगरी….. ।

क्रमशः अर्को हप्ता…………….
👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...