CAN

लोमन्थाङ चिनाउने गीतहरुको छायांकन, अंग्रजी नयाँ वर्ष सार्वजनिक गरिने

173

पोखरा, २ पुस / हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्र लाई समावेस गरि तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।

सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको “छोडि नजाउ कतै हामी लोमन्थाङमै बसम” बोलको लोक गीत र “यो मुटुको टुक्रा मेरो लोमन्थाङ गाउँ” भन्ने बोलको आधुनिक गीतको म्युजिक भिडियोको छायांकन हालै सम्पन्न भएको हो ।

दुवै गीतको छायांकन उपल्लो मुस्ताङको सांस्कृतीक महत्व बोकेको लोमान्थाङ दरवार परिसर र बजार, चराङ, मराङ, ढाक्मार, घ्याकर चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्यापमा छायांकन गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको लगानीमा छायांकन गरिएको उक्त गीतमा रमेश विजीको शब्द रहेको छ भने गायक रामजी खांड र गायिका संगीता थापा मगरको स्वर रहेको छभने आधुनिक गीतमा नीशा गुरुङको स्वर रहेको छ ।

हालै छायांकन सकिएको लोक गीतमा गायक गायिका स्वयं रामजी खांड र संगीता थापा मगरले अभिनय गरेका छनभने आधुनिक गीतमा भने नीशा गुरुङको अभिनय रहेको छ । गीतको रेकर्डिङ प्रिजीमा रेकर्डिङ स्टुडियोमा गरिएको होभने दुवै गीतमा बिबी अनुरागी र सुरेश अधिकारीको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्ट र छायांकन राजेश घिमिरेले गरेका हुन ।

गीतको म्युजिक भिडियोमा मुुस्ताङको सांस्कृतिक महत्व बोकेका धरोहर संगै अनौठा भूगोल, उक्त क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु, मौलिक तथा पौराणिक कलासंस्कृति, स्थानीय रहनसहन, भेषभूषा र धार्मिक स्थलहरु समावेश गरिएको र सो गीतको म्युजिक भिडियोलाई नयावर्ष २०२० जनवरी १ तारिकका दिन एक विशेष समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङको हातबाट सार्वजनिक गरिने भिडियो निर्माता गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।