केशब घिमिरेको नयाँ गित हासेकै सुहाउछ (भिडियो सहित)

पोखरा, १८ बैशाख/ सर्जक तथा गायक केशव घिमिरेको लोकदोहोरी गित हासेकै सुहाउछ मंगलबारदेखि बजार आएको छ ।

उत्पादक तथा बितरक चन्दन म्युजिक प्रा.लि रहेको गीतमा केशब घिमिरे कै शब्द, लय, स्वर रहेको छ भने पुर्ण कला बिसिले घिमिरेलाई स्वरमा साथ दिएकी छन् ।

दुर्गा पौडेलको छायांकन, शिव परियारको निर्देशन, नवीन घर्ती मगरको सम्पादन, एडभेन्चर इन्टरटेनमेन्टको दृश्य निर्माण रहेको गीतमा दिपक पोखरेल र मुना थापा मुख्य नृत्य रहेको छ ।

लोकदोहोरीमा लामो समय देखी घिमिरेले काम गर्दै आएका छन् । उनका किन्दिउला म चुरा, म पनि के छु र कमि, चट सारी मिलाएर लाउन सिकाइदिउला, नारी त लक्ष्मी हुन्, आमा ले पकाको खाउला मिठो दर, एक नम्बर, पुराना भाका नै हराछ्न, बचन न लाउ है, चम्किलो जुन छैन् लगायत लोक दोहोरी गीत जेल मा थुनेनि, रुन्छु बार्है महिना, देख्न मन लाइरन्छ, धर्ती फाटला, आधीखोला तरेर, मागी बिबाह लगाएतका गीतहरु बजारमा आइसकेका छन् ।

पर्बत कार्कीनेटामा जन्मिएका गायक तथा युवा व्यवसायी घिमिरे बिगत १७ बर्ष देखि पोखरा मै कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा निरन्तर लागिरहेका छन् ।

 

कमेन्टहरु
Loading...