लिटिल च्याम्प पोखराका सहभागीले बृक्षारोपणमा

पोखरा, ५ साउन/प्रथा मल्टिप्रपोजको आयोजनामा साउन ७ गते शुक्रवार पोखरा सभागृहमा हुन लागेको लिटिल च्याम्प पोखराका सहभागी बालबालिकाले बृक्षारोपण गरेका छन् । बाच्छेबडुवा स्थित बात्सायान बृद्धाश्रम सहभागी बालबालिकाले बिभिन्न जातका फलफुलका बिरुवा रोपेका हुन । बृद्धाश्रममा आँप, लिची, मेवा, एभाकाडो र कागतीका बिरुवा रोपिएको प्रथाका प्रबन्ध निर्देशक शारदा गुरुङ्गले बताए ।

लिटिल च्याम्प पोखराका सहभागीले बृक्षारोपणमा
लिटिल च्याम्प पोखराका सहभागीले बृक्षारोपणमा

उनका अनुसार कार्यक्रमको थिम ‘बातावरण मैत्री बना’ै भन्ने रहेकोले रुखबिरुवा रोपेर बातावरण जोगाउन सकिन्छ भन्ने कुरा बालमष्तिस्कमा छाप पार्न बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रममा बोल्दै प्रथाका संरक्षक नारायण गुरुङ्गले बृद्धाश्रममा फलफुलको बिरुवा रोप्नाले यहाँ आश्रित हुन आउने बृद्धबृद्धाका पनि लाभान्वित हुने बताए । उनले १२ बर्ष उमेर सम्मका बालबालिकाहरुमा रहेको प्रतिभा पहिचान तथा उनीहरुलाई बोल्ने बानी र सकारात्मक आचरणको संस्कार बिकासका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा बालबालिकाहरुलाई बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरु संग साक्षात्कार गराई उनीहरु संगै फोटोसेसन तथा गरिएको प्रथाका संरक्षक शिबराज देवकोटाले जानकारी दिए । उक्त अवसरमा बालबालिकाले बृद्धबृद्धालाई घरबाट नै बनाएर लगेका परिकारहरु खुवाएका थिए । कार्यक्रममा फोटोग्राफी बरिष्ठ फोटो पत्रकार राम गुरुङ्ग र सविन गुरुङ्गले गरेका थिए । प्रतियोगितामा पोखराका बिभिन्न स्कुलमा अध्ययनरत २० जना बालबालिकाको सहभागिता रहेको छ । सहभागी बालबालिकाहरुमा माउण्ट अन्नपुर्ण स्कुलबाट निखिल गुरुङ्ग, प्रकृति खत्री, रेजिना पुन, खुस्बु गर्बुजा पुन, सरिश राना, कविता थापा रहेका छन् ।

यसैगरि प्रतिक्षा पोखरेल सृजना उच्च मावि, क्रिस श्रेष्ठ कुमुदिनी होम्स, सारिका सुवेदी, ग्रिस्मा गुरुङ्ग ग्लोवल कलेजियट, प्रसुन अधिकारी तारापुञ्ज बोर्डिङ्ग स्कुल अधिकारीटोल, अंकित जिसी, अभिषेक आचार्य, युनिश तामाङ्ग, रिदम जिसी पास्कल एकेडमी तथा बिधाता रञ्जित, प्रसुन अधिकारी सेन्टमेरिज स्कुल रहेका छन् । प्रथाले कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यका लागि खर्चदै आएको प्रथाका प्रबन्ध निर्देशक गुरुङ्गले बताए । कार्यक्रमको कोरियोग्राफी रानु श्रेष्ठ र पार्वती अधिकारीले गरेका छन ।

कमेन्टहरु
Loading...