लायन्स नाईट–२ मा सविन राई र रामभक्त, इतु जोजिजुको जोडी घन्किने

पोखरा , १४ भाद्र/लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले नेपालीहरुको महान पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा लायन्स नाईट–२ गर्ने भएको छ । पोखरामा रहेका लायन्स तथा गैरलायन्सहरु विच शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको लायन्स नाईट संयोजक तथा क्लबका अध्यक्ष सुदिप पौडेलले बताए ।

रामभक्त र इतु
रामभक्त र इतु

घटस्थापनाका दिन पोखराको फुलबारी रिसोर्टमा साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा सबिन राई एण्ड ब्याण्ड, रामभक्त जोजिजु, इतु जोजिजु लगायतका नेपालका ख्याती प्राप्त कलाकारहरु प्रस्तुती रहने पौडेलले बताए । क्लबको स्थापना बर्षमै लायन्सहरु बिचको फेलोसिप बृद्धिका लागि कार्यक्रम गरिएको र उक्त कार्यक्रमको सफलताले हौसला प्राप्त भई यो वर्ष पनि कार्यक्रम गर्न लागिएको क्लबका संस्थापक अध्यक्ष प्रदिप कुँवरले बताए ।

उनका अनुसार कार्यक्रममा बर्षभरि लायन्स मार्फत समाजमा अतुलनिय योगदान प्रदान गर्ने निवर्तमान डिस्ट्रिक गर्भनर तथा बर्तमान डिस्ट्रिक गर्भनरलाई सम्मान गरिने हुनाले कार्यक्रमको थिम नै ‘एन अनर टु गर्भनर’ तय गरिएको बताए । कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष सुदिप पौडेलको संयोजकत्वमा बिभिन्न उपसमिती निर्माण गरको छ ।

सविन राई
सविन राई

जसमा संस्थापक अध्यक्ष प्रदिप कुँवर इभेन्ट संयोजक, सन्जय कुमार मल्ल प्रचारप्रसार संयोजक, निरन केसी जनसम्पर्क तथा पत्राचार ब्यवस्थापन संयोजक, बिष्णुबाबु खड्का मायाको चिनो ब्यवस्थापन संयोजक, एकराज गिरी अर्थ संयोजक, दिपक थापा ब्यानर डिस्प्ले संयोजक, बिनय थापा, उत्तम गुरुङ्ग, सुनिल जिसी ब्यानर ब्यवस्थापन संयोजक, सुदिप गुरुङ्ग साउण्ड तथा लाईट ब्यवस्थापन संयोजक, भिम क्षेत्री स्वयमसेवक परिचालन संयोजक, किसन गिरी अतिथी सत्कार संयोजक, हेमन्त मल्ल यातायात ब्यवस्थापन संयोजक, प्रकाश कार्की स्टेज ब्यवस्थापन, बिरेन्द्र कुँवर जलपान ब्यवस्थापन संयोजक, अर्जुन केसी टिकट ब्यवस्थापन संयोजक तोकिएको प्रचार प्रसार संयोजक सन्जय मल्लले जानकारी दिए ।

कार्यक्रमबाट बचेको रकम भुकम्प पिडित स्कुलको पुर्ननिर्माणका लागि खर्चिने अर्थ संयोजक एकराज गिरीले बताए । क्लबले हालै नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा क्लमा आवद्ध सदस्यका जीवन संगीनी तथा क्लबको प्रस्तावित दिदी बहिनी क्लब लायन्स क्लब अफ पोखरा ब्युटी सिटीका सदस्यहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरिसकेको क्लबका प्रथम उपाध्यक्ष बिष्णुबाबु खड्काले जानकारी दिए । क्लबको पदस्थापन कार्यक्रम यहि भाद्र २७ गते होटल पोखरा ग्राण्डमा हुने पनि प्रथम उपाध्यक्ष खड्काले बताए ।

कमेन्टहरु
Loading...