निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो, (हेर्नोस् कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?)

काठमाडौं,  १४ भदौ / निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार​ सरकारलाई प्रतिवेदन बुझाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार​ अपरान्ह आयोगका अध्यक्ष कमल नारायण दासले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझएका हुन् । ३५ दिन काम गरेर आयोगले संविधान अनुसार प्रतिनिधिसभाका लागि एक सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।

प्रतिनिधिसभाको एक क्षेत्र बराबर प्रदेशसभाको २ क्षेत्र बनाइएको छ । प्रतिवेदन अनुसार प्रदेश नं. १ मा २८, २ मा ३२, ३ मा ३३, ४ मा १८, ५ मा २६, ६ मा १२ र ७ नम्बर प्रदेशमा १६ वटा निर्वाचन क्षेत्र रहने छन् ।सबैभन्दा धेरै काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रतिनिधिसभका लागि ३७ वटा जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र बनाइएको छ भने १९ वटा जिल्लामा दुईवटा निर्वाचन क्षेत्र बनाइएको छ । निर्वाचन क्षेत्र निर्धारण गर्दा केही गाउँपालिका र नगरपालिकालाई समेत टुक्रयाइएको छ । तर वडालाई भने टुक्र्याइको छैन ।

आयोगले संविधान बमोजिम जनसंख्या र भुगोलका आधारमा संघीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो । गएको साउन ५ गते गठन भएको आयोगले काम सुरु गरेको २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने सर्त पाएको भ​एपनि आयोगलाई सरकारले फेरि साउन ३१ गते १५ दिनको समय थप गरेको थियो ।  अब प्रतिनिधि सभा र प्रदेश सभामा गरी प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या मात्रै ४ सय ९५ हुने भ​एको छ ।

कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?

  • १० निर्वाचन क्षेत्र : काठमाडौं ।
  • ६ निर्वाचन क्षेत्र : मोरङ ।
  • ५ निर्वाचन क्षेत्र : झापा, रुपन्देही र कैलाली ।
  • ४ निर्वाचन क्षेत्र : सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा ।
  • ३ निर्वाचन क्षेत्र : ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर ।
  • २ निर्वाचन क्षेत्र : इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व, नवलपरासी सुस्ता बर्दघाट पश्चिम, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाम ।
  • १ निर्वाचन क्षेत्र : ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला ।

 

 

 

कमेन्टहरु
Loading...