कोरीयन फिल्म तथा फुड फेस्टिवल पोखरामा सम्पन्न

पोखरा ५, मंसिर । कोरीयन राजदुतावासको आयोजनामा शनिबार पोखरामा कोरीयन फिल्म तथा फुड फेस्विटवल सम्पन्न भएको छ । कोरीयाको कला संस्कृति तथा खानाको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको उक्त फेस्टिवलमा पोखराका पर्यटन व्यावसायी, उद्योगि व्यावसायी, खेलकुदकर्मी, विभिन्न क्लव तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरी करीब ३ सय जनाको सहभागिता रहेको पोखराका पर्यटन व्यवसायी तथा कार्यक्रम संयोजक मदन केसीले बताए ।

माउण्ट कैलाश रिसोर्टमा संचालन भएको उक्त फेस्टिवलमा कोरीयन फिल्म तथा फुडफेस्टिवल पोखरामा आयोजना हुनुले दुई देश विचको कला, संस्कृति सहित पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएको केसीले बताए । कोरीयाको संस्कृति सहित खाना र त्यहाँको फिल्मको बारेमा नेपाली माझ जानकारी गराउने उद्धेश्यले विगतका बर्ष देखि नेपालमा हुदै आएको कोरीयन राजदुतावासका एक कर्मचारी शिव पोखरेलले बताए ।

कोरीयन फिल्म तथा फुड फेस्टिवल पोखरामा सम्पन्न
कोरीयन फिल्म तथा फुड फेस्टिवल पोखरामा सम्पन्न

स्पिड स्क्याण्डल र २ सय पाउण्ड व्यूटि नामका दुई वटा फिल्म सहित कोरीयन करीब ७ प्रकारका परिकारका खाना फेस्टिवलमा उपलब्ध भएको उनले बताए।

उक्त फेस्टिवलमा आगन्तुकहरुलाई स्वागत गर्दै केसीले आगामी बर्षपनि यस्ता कार्यक्रमहरु पोखरामा ल्याउन आग्रह गरे । कोरीयन राजदुत चोयोङ जिनले पोखराका विभिन्न उद्योगि व्यावसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंग भेटघाट गर्दै कोरीयन फेस्टिवलमा सहभागि हुनु भएकोमा धन्यवाद समेत दिएका थिए । यसै बिच सहारा एकेडेमीका वालकहरुसंग समेत कोरीयन राजदुत चोयोङ जिनले भेटघाट गरेका थिए ।

कमेन्टहरु
Loading...