पोखराको किङग्स लाउन्जमा नरेन लिम्बूको शनिबार कन्सर्ट

पोखरा, ६ मंसिर / पोखराको किङग्स लाउन्जमा पप गायक नरेन लिम्बूले प्रस्तुति दिने भएको छन् । शनिबार पोखराको लेकसाइस्थित किङग्स लाउन्जबारमा लिम्बू व्यान्डका साथ कन्सर्टमा सहभागी हुदै छन् ।

उनी सगँ किङग्स व्यान्डको पनि प्रस्तुती रहने लाउन्जका म्यानेजर अजय नकर्मिले जानकारी दिए । लिम्बूले किङग्स लाउन्जमा साझँ ८ बजे देखी मध्ये रातसम्म उनका विभिन्न चर्चित गितहरु प्रस्तुती दिने नकर्मिले जानकारी दिए । पोखराका संगित प्रेमिहरुलाई लक्ष्त गरेर कन्सर्टको आयोजना गरेको उनले बताए । कन्सर्टमा प्रबेश निःशुल्क रहेको समेत उनले बताए ।

लिम्बूले केही समयको अन्तरालमा पोखरामा कार्यक्रममा भागलिन लागेका हुन् । संगीतको तालमा रमाउँदै विभिन्न परिकारको स्वाद चाख्न चाहनेहरुका लागि लिम्बूको कन्सर्ट उपयुक्त हुने उनले बताए । लाउन्जले संगीत, खेलका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई पूर्ण पारिवारिक वातावरणमा उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्दै आएको उनको दावी छ ।

लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ नकर्मिले बताए । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने गरेको छ ।

पोखराका प्रतिष्ठत उद्योगी, व्यवसायी, विदेशी तथा स्वदेशी पर्यटक, डक्टर, इन्जिनियर, पाइलट देखि विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको पहिलो रोजाईमा किङ्स लाउन्ज पर्ने गरेको छ । सुपथ मूल्यमा स्वादिष्ट खानाहरुको परिकार पाइने भएकाले किङ्स लाउन्ज पुग्ने गरेको उनीहरु बताउँछन् ।

कमेन्टहरु
Loading...