लगनको मौकामा केशब घिमिरे र सरिता पौडेलको ‘मागी विवाह’ (भिडियो सहित)

पोखरा, २१ वैशाख /महिनामा अहिले लगनको चटारो छ । त्यही चटारोमा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे र सरिता पौडेलले मागी विवाह ल्याएका छन् । केशब घिमिरेको लय तथा शब्द रहेको पञ्चेबाजाको गीत ‘मागी बिबाहमा’ केशब घिमिरे र सरिता पौडेलको स्वर रहेको छ ।

बिशेषत तिजे गायक भनेर चिनिएका गायक घिमिरेका ‘किन्दिउला म चुरा’, ‘म पनि के छु र कमि’, ‘चट सारी मिलाएर लाउन सिकाइदिउला’, ‘नारी त लक्ष्मी हुन’, ‘आमा ले पकाको खाउला मिठो दर’, ‘एक नम्बर ,पुराना भाका नै हराछ्न’, ‘बचन नलाउ है’ लगायतका गीतहरू चर्चित छन् । गायक घिमिरेका २ सय भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् ।

चन्दन म्युजिक मार्फत बजारमा ल्याइएकी गीतको छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका छन भने अभिनय दिपासा बिसि र रमेश ढकाल (हरि) को रहेको छ। गीतको अडियो र भिडियो राम्रो बनेको साथै मौलिक, समाज सुहाउँदो र यथार्थपरक रहेकोले गितले सफलता पाउनेमा आफू आशाबादी रहेको घिमिरेले बताए ।

कमेन्टहरु
Loading...