कौह्रा संरक्षण पत्रकारिता पुरस्कार कमलालाई

श्याम राना
पोखरा, ३१ जेठ/मगर संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार कमला राना मगरलाई कौह्रा संरक्षण पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय मौलिक कौह्रा संरक्षण समितीद्वारा स्थापित एवं मगर पत्रकार संघ द्वारा सञ्चालित मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार बुधबार पोखरामा उनलाई प्रदान गरिएको हो ।

सामाजिक विकास मन्त्री नरदेवी पुनको हातबाट खादा, प्रमाणपत्र तथा दोसल्ला ग्रहण गर्दै पत्रकार मगरले आफुले सम्मानलाई प्रोत्साहनको रुपमा लिएको बताइन् । उनले भनिन्, ‘मलाई जुन सम्मान दिनुभएको छ, त्यसले भोलिको दिनमा मगर संस्कृति र सम्पदा संरक्षणमा लागिपर्न झनै प्रोत्साहन दिएको छ ।’ मध्यविन्दु एफएमकी समाचार संयोजक तथा फोनिज नवलपरासिकी सचिव पत्रकार मगर नेपाल मगर पत्रकार संघको केन्द्रिय सदस्य पनि हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले पहिचान जोगाउन लागि पर्ने जो कोही पुुुरस्कृत हुनु पर्ने बताइन् । उनले भनिन्, ‘गाउँमा मगर संस्कृति लोप भइसकेको थियो । त्यसैले पनि म मगर संस्कृतिबारे अनभिज्ञ छु।’ बिगत ६ वर्ष देखि मगर जातिको मौलिक पहिचान रहेको कौह्रा नृत्यको संरक्षणमा लागि परेको राष्ट्रिय मौलिक कौह्रा संरक्षण समितीले हरेक वर्ष मगर जाति र संस्कृतिको क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई सम्मान गर्दै आएको पत्रकार एमबि आस्था मगरले जनाए ।

कार्यक्रममा मगर बिद्यार्थी संघ तनहुको कौह्रा नृत्य समेत प्रस्तुत गरिएको थियो । रानालाई ५ हजार १ रुपैयाँले पुरस्कृत गरिएको हो ।

कमेन्टहरु
Loading...