एकल नृत्य प्रतियोगितामा, प्रिति लिटिल च्याम्पियन, नेहा कास्की च्याम्पियन

पोखरा, २७ साउन / लेखनाथ गगनगौंडाकी प्रिती पुन एकल नृत्य प्रतियोगिताको लिटिल च्याम्पियन बनेकी छन् । पोखराको रामबजारस्थित नव साधना कला केन्द्रद्धारा आयोजना गरेको प्रतियोगिताको फाइनलमा प्रितीले २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिटिल च्याम्पियन बन्न सफल भएकी हुन् ।

लिटिल च्याम्पियनको उपाधीसहित प्रितीले नगद ३० हजार, ट्रफी हात पारेकी छन् । प्रतियोगितामा आकृति गुरुङ द्धितिय, श्रब्या गुरुङ तृतीय र सुबर्ण रोका शान्त्वना भए । आकृतिले २० हजार, श्रब्याले १० हजार र सुबर्णले ५ हजारसहित ट्रफी पुरस्कार पाए ।

त्यस्तै, सुयन्सी गुरुङले उत्कृष्ठ भेषभूषा र तृप्ती गुरुङले अनुशासनको टाइटल जिते । उनीहरुले गिफ्ट ह्याम्परहरु हात पारे। वैशाखदेखि अडिसन शुरु गरिएको लिटिल च्याम्पियनका लागि ७ वर्षदेखि १२ वर्ष उमेरसमुहका करिब ५ सय भन्दा बढि प्रतिभाहरुले अडिसन दिएको कला केन्द्रका निर्देशक रबिन गुरुङले बताए ।

त्यसैगरी, लेखनाथ पट्नेरीकी नेहासिंह सुनार कास्की च्याम्पियन बनेकी छन् । उनले कास्की च्याम्पियनको उपाधिसहित नगद ४० हजार, ट्रफी पुरस्कार हात पारेकी छन् ।

प्रतियोगितामा होममाया मगर द्धितिय, प्रेरणा गुरुङ तृतीय र सिता लामा शान्त्वना भइन् । होममायाले नगद ३० हजार, प्रेरणाले २० हजार र सिताले १० हजार नगदसहित ट्रफी हात पारे ।

सजिना गुरुङले उत्कृष्ठ भेषभूषा र आयुषा गुरुङले अनुशासनको टाइटल जित्दै गिफ्ट ह्याम्परहरु हात पारे । कास्की च्याम्पियनका लागि फाइनलमा १३ देखि २५ वर्ष उमेर समुहका ११ जनाले प्रतिस्पर्धा गरेका थिए। कास्की च्याम्पियनका लागि वैशाखदेखि करिब ४ सय भन्दा बढिले अडिसन दिएका थिए ।

जन साँस्कृतिक महासंघ, गण्डकी प्रदेश संयोजक मनकुमार श्रेष्ठले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए। लिटिल च्याम्पियन र कास्की च्याम्पियनका विजेताहरुलाई अनुशिलन पाठशाला र सरगम साँस्कृतिक कला केन्द्रले ६ महिनासम्म निःशुल्क नृत्य प्रशिक्षणका लागि प्रायोजन गरेको छ ।

कार्यक्रममा गीत संगीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै त्रिवेणी संगीतालयका संस्थापक नवराज बराललाई नगद १० हजार १ सय १० सहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो।

त्यसैगरी, असहाय तथा बृद्धबृद्धाहरुको क्षेत्रमा कृयाशील पोखराको छोरेपाटनस्थित मानव सेवाव आश्रमलाई कला केन्द्रद्धारा २५ हजार सहयोग ग¥यो । आश्रमकी सुष्मा पौडेललाई केन्द्रका अध्यक्ष टकबहादुर गुरुङले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कलाकेन्द्रका अध्यक्ष टकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संचारकर्मी बिक्रम परियारले संचालन गरेका थिए।

कमेन्टहरु
Loading...