कन्दरा ब्याण्डको अमेरिकामा सांगीतिक कार्यक्रम

पोखरा, १५ असार/नेपालको लोकप्रिय पोखरेली सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’ले पहिलो पटक अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुती दिने भएको छ । यसका लागि ब्याण्डको सात सदस्यीय टोली बुधबार अमेरिका प्रस्थान गरेको छ । यसअघि देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रम गरिसकेको कन्दराले यो पटक अमेरिकाको वाशिन्टन डिसी, लस एन्जल्स, डल्लास, न्यूयोर्क लगायतका सहरमा एक महिने सांगीतिक यात्रा गर्ने ब्याण्डका गायक बिबेक श्रेष्ठले जानकारी दिए ।

२०४७ मा खुलेको ब्याण्डले पहिलो एल्बम २०५० मा ‘चन्चले कान्छी’ निकाल्यो । यसले खूब चर्चा कमायो । ब्याण्डले सांगीतिक माहौललाई निरन्तरता दिन २०५३ मा ‘डाँडा पारी’ एल्बम निकाल्यो । यसले सांगितिक बजारको रौनक नै बेग्लै बनायो । ब्याण्डले २०५५ मा ‘हङकङ–पोखरा’ एल्बम निकालेको थियो । त्यसपछि केहि बर्ष सुस्ताएको ब्याण्डले ८ बर्ष पछि बर्षौपछि एल्बम निकालेर पुर्नआगमन गरेको थियो । भेडिगोठैमा कन्दराको पछिल्लो एल्बम हो ।

लोक पपलाई मुल आधार बनाएर संगीत सृजना गने ब्याण्डको सबै जसो गीतहरु लोकप्रिय छन् । २७ वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील कन्दराको आफ्नै मौलिक परिचय छ । खासगरी लोकशैलीका आधुनिक र पप गीत कन्दाराका चिनारी हुन् ।
अमेरिका यात्रामा कन्दराले हङकङ पोखरा, तिमी पारी, लेककी हे माया, चञ्चले कान्छी, तगारोमा रुमाल लगायतका चर्चित गीतका साथै नयाँ गीतहरु पनि प्रस्तुत गर्नेछ ।

कन्दराको अमेरिका यात्राा एफ वन ग्रुप आयोजकको भूमिका रहेको छ । एफ वन ग्रुपकै आयोजनामा कन्दराले पहिलो कन्सर्ट यही जुन ३० तारिखमा वाशिन्टन डिसीमा गर्नेछ । अमेरिकाको राजधानी वासिंटन डिसीमा आयोजना हुने नेप्लिज अमेरिकन कन्भेन्सनमा कन्दराले पहिलो कन्सर्ट गर्न लागेको हो ।

कन्दराले पछिल्लो समय स्वदेश तथा विदेशमा सांगीतिक यात्रामार्फता आफ्नो प्रभाव बढाउँदै लगेको छ । कन्दराले यसअघि अष्ट्रेलिया, जापान, सिंगापुर लगायतका थुप्रै देशमा कन्सर्ट गरिसकेको छ ।

कमेन्टहरु
Loading...