शनिवार पत्रकार कल्याणकारी कोष स्थापनार्था च्यारिटी शो हुदैँ

पोखरा २७ असोज/आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी आयोजना गरेको च्यारिटीको शो शनिबार हुदैँ छ । पत्रकार कल्याणकारी कोषका लागि फोनिजले नेपाली कथानक चलचित्र ‘रानी’ को च्यारिटी शो आयोजना गरेको हो । च्यारिटी शो शनिबार विहान ९ बजेदेखि सुरु हुने फोनिज कास्कीले जनाएको छ ।

च्यारिटी शो बाट आम्दानीबाट बचत भएको रकमले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी संकलन गरिने फोनिज कास्कीका अध्यक्ष एम.बी आस्थाले वताए ।आस्थाका अनुसार च्यारिटी शो संगै कोष स्थापनाका लागी अन्य कार्यक्रमहरुको समेत आयोजना गरिने छ । पत्रकार कल्याण्कारी कोषका लागि अहिले सम्म करिब ५१ हजार संकलन भएको कोषाध्यक्ष उमा आलेले जानकारी दिईन् ।

यसैवीच सोही अवसरमा रिर्पोटिङ्गको शिलशिलामा स्याङजा जाने क्रममा दुर्घटनामा परेको पत्रकार तथा फोनिज कास्कीका कार्यसमिति सदस्य गीता नारा र उपचाररत नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य प्रकाश ढकाललाई रु. नगद ५ हजार नगद हस्तान्तरण गरिने फोनिज कास्कीका अध्यक्ष आस्थाले जानकारी दिए ।फोनिजले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी च्यारिटी शो संगै विभिन्न कार्यक्रमहरु आयोजना गरी कोष स्थापनालाई अगाडी वढाउने जनाएको छ । च्यारिटी शोको टिकटको प्रायोजन रोजी प्रिन्टिङ्ग हाउस नयाँबजारले गरेको हो ।

कमेन्टहरु
Loading...