डान्स रियालीटी सो बुगीवुगीको उपाधी कवितालाई

काठमाडौं, २० साउन /एपीवान टेलिभिजन आयोजना गरेको बुगीवुगी डान्स रियालीटी सोको उपाधी सर्लाहीकी १८ वर्षीया कविता नेपालीले जितेकी छन् ।

अन्तराष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैया जितेकी छन् । त्यसैगरी तनहुँकी प्रगति पुन फस्ट रनरअप बन्दै ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । सरोज मोक्तान सेकेन्ड रनरअप बन्दै चार लाख रुपैयाँ प्राप्त गरे ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिएका थिए । १८ जनाले भिडियो राउन्ड, कला प्रदर्शन राउन्ड लगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन् ।

करिब आठ महिनासम्म चलेको कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए । कार्यक्रमको सुरुआतदेखि नै प्रशान्त तामाङ, रोहिया महर्जन र नरेशवीर ठकुरीले कोरियोग्राफी गरेका थिए । एपीवान टेलिभिजनले यसलगत्तै नेपाल आइडल सिजन टु पनि सञ्चालन हुने जनाएको छ ।

कमेन्टहरु
Loading...