एक सय वर्ष पूरानो प्रथा सम्झाउँदै ‘झोला’, दर्शकहरुले आसु थाम्न सकेनन्

पोखरा २५, माघ/श्रीमानको मृत्युसंगै ज्युँदै चीतामा जल्न बाध्य पारिएका महिलाहरुको कथालाई समेटेर तयार पारिएको चलचित्र झोलाले पोखरामा पनि दर्शकहरुको उत्साहजनक साथ पाएको छ । देशभर जस्तै पोखरामा पनि गत माघ २४ गते शुक्रबारदेखि आरम्भ भएको चलचित्र झोला हेर्न पुगेका दर्शकहरुले वास्तवमै राम्रो र मन छुने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।

यदाकदा चलचित्र हलमा जाने दर्शकहरु पनि चलचित्र झोला हेरेर निकै भावुक बने । चलचित्र हेर्नका लागि शनिबार श्रीकृष्ण हलसम्म पुग्नुभएका ग्लोबल कलिजियट उच्च माविका प्राचार्य बाबुराम पन्तले ऐतिहासिक र वास्तविक कथा भएकाले आँपूm चलचित्र हेर्न आएको प्रतिक्रिया दिए । नेपाली चलचित्र ईतिहासमा वलियो स्तम्भको रुपमा चलचित्र झोला आएको उनले बताए । चलचित्र हेरेर बाहिरिएका उहाँजस्तै अन्य थुप्रै दर्शकहरु आँखामा आँसु टिल्पिलाएर हलबाट बाहिरिएका थिए ।

jhola‘‘नेपाली चलचित्रमा पनि यति धेरै दर्शकहरु हुँदा रहेछन, पुम्दी भुम्दी १ कालिमाटीका अर्जुन बरालले भन्नुभयो ‘‘हिन्दी चलचित्र हेर्ने दर्शकहरुले पनि झोला चाहिँ  छुटाउनुहोला” । चलचित्र बन्न थालेको आधा शताब्दी पूरा भएको नेपालमा राम्रो भन्न मिल्ने र नेपाली मौलिकताका चलचित्रहरु औंलामा गन्नन सकिने मात्र बनेका छन ।

यस्तोमा पछिल्लोपटक प्रदर्शन आरम्भ भएको चललचित्र ‘झोला’ले शताब्दीपूर्वको नेपाली समाजको प्रष्ट रुप चित्रण गरेको छ । चलचित्रलाई यादवकुमार भट्टराईले निर्देशन तथा उत्तरकुमार श्रेष्ठको प्रस्तुत गरेका हुन् । सो चलचित्रमा देशभक्त खनाल, दीपक क्षेत्री, प्रल्हाद खतिवडा, गीता नेपाललगायतको अभिनय छ । कुनै नृत्य, द्वन्द्व वा हास्यविना पनि मार्मिक र हेर्न लायक चलचित्र बन्छ भन्ने दृष्टान्त यो चलचित्रले गरेको छ ।

सती प्रथामा आधार रहेर साहित्यकार कृष्ण धारावासीको बहुचर्चति कृति ‘झोला” लाई चलचित्रमा उतारिएको छ । लोग्नेको चितासँगै सति जाने क्रममा जिउँदै जलाइँदै गर्दा त्यहाँबाट भागेर बाँच्न सक्नु विसं १९७७ भन्दा अगाडिको समयका महिलाका लागि निकै कठिन र असामाजिक कार्य मानिन्थ्यो ।

श्रीमानको निधन भएपछि श्रीमतीले उसको चितासँगै जल्नुपर्ने यो कुप्रथा १९७७ साल असार २५ गते राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा विधिवत रुपमा अन्त्य भएको थियो । लोग्नेमान्छे मर्दा श्रीमतीले जल्नुपर्ने र श्रीमती मर्दाचाहिँ लोग्नेले अर्कीे श्रीमती ल्याएर सुखभोग गर्ने यस्तो परम्परा हाल कायम नरहे पनि महिला हिंसा र खासगरी एकल महिलाले अहिले पनि समाजको हेलत्व भोगिरहेका छन् ।

 

कमेन्टहरु
Loading...