जसुको निर्देशनमा ‘फेवातालको पानी’

पोखरा, ४ चैत/जसु गुरुङको निर्देशनमा फेवातालको पानी बोलको गीतको म्युजिक भिडियो निर्माण हुदैछ । भिडियोको छायाकंन पोखरामा हालै सम्पन्न भएको छ । स्टार्स स्टुडियो प्राइभेट लिमिटेडको प्रस्तुतीमा निर्माण गर्न लागिएको भिडियो मार्फत दर्शकले नयाँपन पाउने निर्देशक गुरुङले बताइन् ।

चिना थापा मगर र बाबु कृष्ण परियारको आवाजमा रहेको यो गीतको शब्द सिर्जना रमेश विजीले गरेका हुन् । गीतमा संगीत बाबुकृष्णले भरेका छन् । भिडियोमा अरुशी मगर र रविन्द्र थापा मोडलको रुपमा देखिएका छन् । भिडियोलाई मनोहर रानाको कोरियोग्राफिमा सन्तोष कोन्मेले खिचेका हुन् ।

म्युजिक भिडियो मार्फत दर्शकको माया पाउनेमा निर्देशक जसु विश्वस्त छन् । ‘सुन्दर नगरी पोखराको फेवाताल वरीपरीको दृश्यलाई कैद गर्दै भिडियोलाई उत्कृष्ट बनाउने प्रयास गरेका छौँ’ उत्साहित हुदै उनले भनिन् ।

‘घान्दुककी ठिटी म त गाउँकै गीत गाउछुँ’ बोलको गीतमा अभिनय गरेर एकाएक चर्चामा आएकी जसुले थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेकी छन् । गुरुङ चलचित्रमा अभिनय र निर्देशनको अनुभव लिइसकेकी जसु गुरुङ फिल्म एशोसिएसन कास्कीको अध्यक्ष हुन् । पोखराको न्युरोडमा स्टार्स स्टुडियो सञ्चालन गरी व्यवसायिक रुपमा समेत उनी अगाडि बढ्दैछन् ।

कमेन्टहरु
Loading...