‘इमेज लोककलाकार’को अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट

पोखरा, ३० भदौ /‘कोल्गेट इमेज लोक कलाकार सिजन–२’ को पोखरा अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट

भएका छन् । लोक संगीतको प्रवद्र्धन र लोक गायन प्रतिभाको खोजी अभियान अन्तर्गत मोफसलबाट इमेज

च्यानलले गत वर्षबाट सुरु गरेको हो ।

‘लोक संगीतको महासंग्राम’ नारा दिएको प्रतियोगिताका अडिसनमध्ये शनिबार पोखराबाट २२ जना प्रतियोगी

छनोट भएका हुन् । अडिसनमा एक सयभन्दा बढी प्रतिस्पर्थीको सहभागिता थियो ।

पोखराको लेकसाइडस्थित होटेल स्वप्न बाग,सेन्टर पोइन्टमा पहिलो चरणको अडिसन लिइएको हो । छनोट

भएका प्रतियोगी दोस्रो चरणको प्रतिस्पर्धाका लागी काठमाडौ जाने छन् ।

अडिसनमा चर्चित लोक गायक पुरुषोत्तम न्यौपाने, शान्ति गुरुङ, र संगीतकार बीबी अनुरागीे निर्णायक रुपमा छन्

। अर्को चरणको अडिसन असोज ३ गते चितवनको सौराहा र असोज ६ गते बुटबलमा हुने छ । त्यसपछि, धरान र

काठमाण्डौंमा अडिसन गरिने कार्यक्रमकी उपकार्यकारी निर्माता अनुषा पौडेलले जानकारी दिइन् ।

प्रतियोगितामा उत्कृष्टलाई विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...